यस्ता छन् निर्णयहरु:
१ सिद्धार्थ राजमार्ग बुटवल पोखरा खण्ड सुधार आयोजनाको तयारीका लागि एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,
२ तोकिएको उद्योग व्यवसायको क्षेत्रमा स्वचालित मार्ग अटोमेटिक रुटबाट हुने विदेशी लगानीको माथिल्लो सिमा हटाउन स्वीकृति दिने,
३ भारतको नयाँ दिल्लीमा २०८२ माघ २२ देखी २४ गतेसम्म सञ्चालन हुने फस्र्ट साउथ एसियन एग्रो फोरेस्ट्री एंड फ्रिज अर्थ साइड फोरेस्ट कन्फ्रेन्समा कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय डाक्टर मदन प्रसाद परियार र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति दिने,
४. २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेश गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,
५. नेपाल सरकारको प्रतिनिधित्व गर्दै २०८२ पुष १५ देखि १७ गते सम्म बंगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टि समारोहमा सहभागी हुनुभएका माननीय परराष्ट्र मन्त्रीको बंगलादेश भ्रमण समर्थन गर्ने,
६. नेपाल सरकारको नाममा दर्ता रहेको भक्तपुर जिल्लामा रहेको पाँच रोपनी जग्गा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको कार्यालय भवन निर्माण गर्ने प्रयोजनको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई उपलब्ध गर्न स्वीकृति दिने,
७. नेपाल सरकारको नाममा दर्ता श्रेष्ठ कायम रहेको काभ्रेपलानचोक जिल्लामा रहेको एक रोपनी जग्गा खानेपानी तथा सरसफाई डिभिजन नम्बर ३ सिन्धुपाल्चोकलाई उपलब्ध गर्न स्वीकृति दिने,
८. मिति २०८१ फागुन २७ मा प्रतिनिधिसभाबाट पारित मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनलाई मिति २०८१ फागुन २७ गतेको अतिरिक्त अंक गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न स्वीकृति प्रदान गर्ने,
९ . गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने।
