काठमाडौं । नेपाली कांग्रेसले ५ मापदण्डको आधारमा सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ। आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापालाई निर्वाचनपछि पार्टीको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
थापालाई ५ वटा मापदण्डको आधारमा भावी प्रधानमन्त्रीको उम्मेदवार तय गरेको उपसभापति विश्वप्रकाश शर्माले बताए। उनका अनुसार ती मापदण्ड व्यक्तिको पृष्ठभूमि, संस्कार, योगदान, योग्यता र भिजन रहेका छन्। ‘अहिले प्रधानमन्त्रीको उम्मेदवार भनेर आएका भन्दा कांग्रेसले अघि सारेका उम्मेदवार अब्बल हुनुहुन्छ’ थापाले भने । कांग्रेस सभापति थापा आगामी चुनावमा सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट चुनाव लड्दै छन्।
भावी प्रधानमन्त्रीको रूपमा एमालेले अध्यक्ष केपी ओली, रास्वपाले वरिष्ठ नेता बालेन शाहलाई अघि सारेको छ।
