काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा महिलातर्फ एमालेकी उम्मेदवार लीला भण्डारी विजयी भएकी छन् । उनले ३९९४ मत प्राप्त गरिन् । उनकी प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीकी रोजी बस्नेतले १६७५ मतमा पाइन् । खुल्ला तर्फको गणना जारी छ ।
खुल्ला एक स्थानका लागि नेपाली कांग्रेसका खम्मबहादुर खाती र नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैसीबीच प्रतिस्पर्धा छ । कांग्रेस–एमाले गठबन्धनका कारण उनको पनि जित निश्चित छ ।
