काठमाडौँ । नेकपा एमालेले पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरिएको भन्दै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ ।
मंगलबार बसेको सचिवालय बैठकले आन्दोलनलाई निरन्तरता दिँदै थप कार्यक्रम घोषणा गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । आन्दोलनका थप कार्यक्रम तय गर्न तत्कालै पार्टी केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय समेत गरिएको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रमः
१. चैत २५ गतेसम्म जिल्ला तहमा आन्दोलन केन्द्रित बृहत् भेला गर्ने।
२. चैत २८ गते सबै पालिकामा विरोध प्रदर्शन गर्ने ।
३. वैशाख ३ गते वडा तहमा भेला गर्ने ।
४. वैशाख ७ गते प्रदेश राजधानीहरूमा प्रदर्शन गर्ने।
५. वैशाख १२ गते राजधानीमा विशाल विरोध प्रदर्शन गर्ने।
