काठमाडौं । यतिबेला प्लस टु विज्ञान सङ्कायको अध्ययन सकेर बसेका विद्यार्थीहरू आफ्नो भविष्यको महत्वपूर्ण मोडमा छन् । एक अब्बल चिकित्सक बन्ने सपना बोकेका हजारौं युवाहरू यतिबेला काठमाडौंमा केन्द्रित छन् । सहरका विभिन्न गल्ली र चोकहरूमा इन्ट्रान्स तयारीका अनेकौं संस्थाहरू खुलेका भए तापनि विद्यार्थीहरूको पाइला भने एउटै गन्तव्यतिर लम्किरहेको देखिन्छ— त्यो हो, काठमाडौंमा रहेको ‘भाइब्रेन्ट’ ।
अहिले भाइब्रेन्टको कार्यालय परिसर र कक्षाकोठाहरूमा सयौं युवाहरूको बाक्लो भिडभाड देख्न सकिन्छ । यो भिड नेपालको उत्कृष्ट डाक्टर बन्ने अठोट बोकेका विद्यार्थीहरूको हो, जसले एम.बि.बि.एस. इन्ट्रान्स र मेडिकल स्कलरशीपको तयारीका लागि भाइब्रेन्टलाई आफ्नो निर्विकल्प सारथी बनाएका छन् । बजारमा दर्जनौं इन्ट्रान्स तयारी गराउने संस्थाहरू च्याउ जस्तै उम्रिएका छन्, जसले अनेकौं प्रलोभन देखाएर विद्यार्थी तान्ने प्रयास गर्छन् । तर, भाइब्रेन्ट नै किन अधिकांशको पहिलो रोजाइमा पर्छ ? यसको मुख्य कारण यहाँको चुस्त व्यवस्थापन, तयारी कक्षाको सम्झौताहीन गुणस्तरीयता, र प्रशिक्षकहरूको अद्वितिय क्षमता र कुशलता नै हो ।

यहाँको प्रमाणित नतिजा र उत्कृष्ट शैक्षिक वातावरण देखेर सयौं विद्यार्थी आकर्षित छन् । विशेषगरी, भाइब्रेन्टले भारतबाट ख्यातिप्राप्त प्रोफेसरहरू ल्याएर अध्यापन गराउँदै आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड र प्रतिस्पर्धी स्तरको अध्ययन नै यहाँको मुख्य आकर्षण बन्दै गएको छ ।
भाइबे्रन्टका सञ्चालक लिला दाहाल गर्वका साथ भन्छन्, “नेपालमै उत्कृष्ट नतिजा ल्याउने संस्थाहरूमध्ये भाइब्रेन्ट सधैं पहिलो नम्बरमा छ । भाइब्रेन्टमा अध्ययन गरेका विद्यार्थीहरु ८६ प्रतिशत उत्र्तिण भएका छन्।

यहाँबाट अध्ययन गरेर अहिले एमविविएस पढिरहेका विद्यार्थीहरुले भाइब्रेन्टलाई रोजेर आफु निकै खुसी र सन्तुष्ट रहेको बताउछन् । मेडिकल शिक्षामा नबुझेका कुराहरु तत्काल समाधान हुने भाइब्रेन्टले व्यवस्थापन गरेको छ, त्यो नै भाइब्रेन्टको सबल पक्ष हो ।
भाइब्रेन्टमा अध्ययन गरेका ८५ प्रतिशतले नाम निकाल्न सफल हुनु भनेको मेडिकल इन्ट्रान्सको इतिहासमा एउटा चामत्कारिक र दुर्लभ रेकर्ड हो । यति मात्र होइन, नेपाल मेडिकल काउन्सिलले लिने हरेक परीक्षामा भाइब्रेन्टकै विद्यार्थीहरूको दबदबा र वर्चस्व रहँदै आएको छ । सरकारले जेहेन्दार विद्यार्थीहरूका लागि छुट्याउने १० प्रतिशत मेडिकल स्कलरशीप मध्ये आधा सिटमा भाइब्रेन्टकै विद्यार्थीले कब्जा जमाउने गरेका छन् ।

२०६९ सालमा स्थापना भएको भाइब्रेन्टमा एकैसाथ २४ सय जना विद्यार्थीले इन्ट्रान्सको तयारी गरिरहेका छन् । विद्यार्थीहरूबाट न्यूनतम शुल्कमा एमविविएसको इन्ट्रान्स कक्षाहरु संचालन भइरहेका छन् । यसै वर्षदेखि भाइब्रेन्टले प्रवेश परीक्षाको तयारी गर्न आउनेमध्ये उत्कृष्ट १२ जना छात्रछात्राहरूलाई संस्थाले निःशुल्क अध्यापन गराउने घोषणा गरेको छ ।
नेपालमा बढ्दो स्वास्थ्य क्षेत्रको माग र विविध विधाहरूलाई मध्यनजर गर्दै स्टाफ नर्स प्यारामेडिकल लगायत मेडिकल शिक्षासँग सम्बन्धित सबै विषयका इन्ट्रान्स तयारी कक्षाहरू सञ्चालनमा छन् । उत्कृष्ट नतिजा, दक्ष प्राध्यापक, सुलभ शुल्क र मजबुत व्यवस्थापनको जगमा उभिएको भाइब्रेन्ट यतिबेला नेपालको मेडिकल प्रवेश परीक्षा तयारीको नम्बर एक संस्था बनेको छ । सयौं युवाहरूको भिडले भरिएको यस संस्थाले भोलिका दिनमा देशका कुनाकाप्चामा पुगेर स्वास्थ्य सेवा दिने हजारौं योग्य डाक्टर र स्वास्थ्यकर्मीहरू उत्पादन गर्ने बलियो जग बसालिरहेको छ ।

