अफगानिस्तानमा तालिबानले आफ्नो कब्जा जमाइसकेको छ । तालिबानको शासनपछि अफगानिस्तानमा महिलाको भावी स्थितिबारे चिन्ता जताइँदैछ ।
यो चिन्ता अफगानिस्तानका महिलाबीच मात्रै नभई अन्तरराष्ट्रिय स्तरमा पनि व्यक्त गरिएको छ ।
तालिबानले वर्तमान शासन आफ्नो पूर्व शासनभन्दा नितान्त फरक हुने बताएपनि हालैको घ,टनाक्रमले शंका उत्पन्न गरिरहेको छ ।
काबुलमा महिलाको एक प्रदर्शनमा तालिबानले ह,मला गरेर त्यसलाई रद्द पारिदिएको छ ।

