प्र/हरीले मोरङको उर्लाबारी नगरपालिका–८ राजघाटका १९ वर्षीय अभिषेक चौधरीको ह/त्यामा संलग्न भएको आरोपमा थप दुईजनालाई प/क्राउ गरेको छ ।
उर्लाबारी–७ का २७ वर्षीय अभिषेक लिम्बू र उर्लाबारी–८ का २८ वर्षीय विजय लिम्बूलाई मोरङ प्र/हरीले सुनवर्षी नगरपालिका–८ सिक्टीबाट पक्राउ गरेको हो ।
मोरङ प्र/हरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले दुवैजना अभिषेक चौधरी ह/त्यामा संलग्नता देखिएको बताए ।
१५ जनाको समूहमा आएको समूहले गत साउन ११ गते दिउँसो चौधरी र उनीसँगै रहेका २१ वर्षीय सुशन धामीमाथि छु/रा हा/नेको थियो ।
छु/रा प्र/हारबाट गम्भी/र घा/इते भएका चौधरीको सोही दिन झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृ/त्यु भएको थियो । सुशन उपचारपछि निको भएर डिस्चार्ज भइसकेका छन्।
घटनामा संलग्नमध्ये उर्लाबारी–८ का २२ वर्षीय राकेश कार्की, १९ वर्षीय पवन भनिने हेमराज कार्की, २१ वर्षीय योगेश विक, १९ वर्षीय निशान राई, उर्लाबारी–७ का २० वर्षीय अञ्जन लिम्बू, उर्लाबारी–१० का २० वर्षीय आयुष राना मगर यसअघि नै पक्रा/उ परिसकेका थिए ।
हत्यामा संलग्नविरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्या/न मुद्दा दर्ता गरिएको छ । यसअघि प/क्राउ परेका ३ जना अदालतको आदेशबाट पूर्पक्षका लागि कारागार चलान भएका छन् ।
अदालतले निशान, अञ्जन र आयुषलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । राकेश, हेमराज र योगेशलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।
घटनामा संलग्नमध्ये सुमन चौहान, नवीन तामाङ, संजोग अधिकारी, सुमन श्रेष्ठ, मनिष गुरुङ, अजय श्रेष्ठ र बामस मगर फरार छन् ।
