चर्चीत हास्यकलाकार मनोज गजुरेलले दोस्रो विवाह गर्न लागेको खबर एक टेलिभिजन कार्यक्रमबाट सार्वजनिक गरेका थिए । उनको यस विषयलाई लिएर सामाजिक संजालमा विभिन्न किसिमका टीका-टिप्पणी समेत भएका थिए ।
गजुरेलले भनेका छन ‘झन्डै ४ वर्ष अगाडि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्काे पक्षबाट विभिन्न माध्यमबाट गा”ली बेइ”ज्जतीको क्रम रोकिएन,’ उनले अगाडि लेखेका छन् ‘एउटा सार्वजनिक र जिम्मेवार नागरिकको नाताले मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अभिभावकको नाताले चुप रहेँ ।’
एक्लो जीवन बिताइरहने क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मनोजको चिनजान हुनपुग्यो । बिस्तारै उनीहरुको घनिष्टता बढ्न थाल्यो । एकैखालको परिबेश र उस्तै खालको भो”गाईबाट गुज्रिएका उनीहरु अन्ततः सहयात्रा गर्ने निर्णयमा पुगेका हुन्।भर्खरै भएको एउटा कार्यक्रममा मनोज गजुरेलले केपी ओलीको नक्कल गरेर निकै हसाएका छन् ।उनले ओली माथि निकै व्याङ्ग्य प्रस्तुत गरि प्रहार गरे भने ओलीले पनि त्यसलाई सहजरूपमा लिएका थिए ।भिडियो हेर्नुस् :
-https://youtu.be/JFcJ425jWOQ
