१८ माघ, भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आफ्नो सेवा प्रवाहको ढाँचा परिवर्तन गरेको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण गढ्दै गई कार्यालयका कर्मचारी संक्रमित भएका कारण सेवाग्राहीलाई दिइने निश्चित सेवाको लागि छुटाछुट्टै बार तोकिएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ।
सेवा प्रवाहको नयाँ ढाँचा बिहीबार (माघ २० गते)देखि तोकिएका सेवाको लागि छुट्टाछुट्टै दिन तय गरिएको शासकीय अधिकृत उर्मिला खतिवडाद्वारा जारी सूचनामा उल्लेख छ ।
प्रशासनले नागरिकता प्रमाणपत्र, राहदानी, राष्ट्रिय परिचयपत्र, सिफारिस लगायतका सेवाको लागि नगरपालिका अनुसार सेवा प्रवाह हुने दिन तय गरिएको हो।
भक्तपुर र चाँगुनारायण नगरपालिकाका सेवाग्राहीले आइतबार मात्र सेवा पाउनेछन् भने मध्यपुर थिमि र सूर्यबिनायक नगरपालिकाका सेवाग्राहीले सोमबार सेवा पाउनेछन् ।
यस्तै भक्तपुर र चाँगुनारायण नगरका सेवाग्राहीले मंगलबार तथा मध्यपुर थिमि र सूर्यविनायक नगरका सेवाग्राहीले सेवा पाउन बुधबार प्रशासन जानु पर्नेछ ।
यस्तै भक्तपुर र चाँगुनारायणले बिहीबार तथा मध्यपुर थिमि र सूर्यबिनायक नगरका सेवाग्राहीका लागि शुक्रबार तोकिएको छ । साथै तालिकामा कोरोना संक्रमणको अवस्था अनुसार थपघट र परिमार्जन गर्दै लगिने प्रशासनले जनाएको छ ।
सार्वजनिक सेवा लिन आउने सबैले अनिवार्य खोप कार्ड (मोबाइलमा फोटो भए पनि ) लिएर आउनु पर्नेछ ।
हेर्नुस् भक्तपुर प्रशासनको सेवा प्रवाह सम्बन्धी सूचना

