काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले एमसीसीका बिषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । बुधबार भक्तपुरमा बसेको एमाले सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारको साझा न्यूनतम कार्यक्रममा नै नरहेको एमसीसीका बिषयमा अनावश्यक हल्ला चलाएर गठबन्धन दलले अन्यौलको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएका हुन् ।
एमसीसी कसले पास गर्न मान्यो वा मानेन भनेर नक्कली हल्ला चलाएको उजको भनाइ छ ।
त्यस्तै सम्बोधनका क्रममा अध्यक्ष ओलीले संविधान कानुन र आवश्यकताअनुसार निर्वाचन गर्न ध्यानकर्षण गराएपनि सरकारले नसुनेको जिकिर गरे । उनले संविधानको कार्यान्वयका लागि निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने धारणा राखे । निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने उहाको भनाइ छ ।
ओलीले २४ लाख खोप हराउनु सानो कुरा नभएको भन्दै सरकार जनताको स्वास्थ्यसंग गैरजिम्मेवार ढंगले प्रस्तुत भएको बताए ।
त्यस्तै अध्यक्ष ओलीले वर्तमान सरकार आएपनि मुलुकको अर्थतन्त्र धरासयी भएको र पूर्वाधार निर्माणको काम ठप्प भएको बताए ।
