कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले संसद बैठकमा एमसीसी टेबुल गर्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटासँग छलफल गरेका छन् ।
बानेश्वरस्थित संसद सचिवालयमा भेट गर्दै कानूनमन्त्री बडूले एमसीसीको विषय संसदमा टेबुल गर्नुपर्ने बताएका हुन् ।
यसका साथै उनीहरूबीच संसद सुचारु गर्ने विषयमा समेत छलफल भएको सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिए ।
आगामी माघ २६ गते बस्ने बैठकमा एमसीसी टेबुल गर्न कानूनमन्त्री बडूले सभामुख सापकोटासँग प्रस्ताव गरेका थिए ।
तर, सभामुखले यतिबेला उक्त विषयमा छलफलको वातावरण नभएको प्रतिक्रिया दिएको बताइएको छ ।
एमसीसी मुख्यालयले नेपाल सरकारलाई फेब्रुअरी २८ भित्र एमसीसी पास गर्न समयसीमा दिएको छ । उक्त समयावधिसँगै नेताहरूले यस विषयमा छलफल तथा परामर्श बढाएका छन् ।
