कान्ये वेस्टले आफ्नो र पूर्व पत्नी किम कार्दशियनसँग चलिरहेको सम्बन्ध विच्छेदको मुद्दाको बारेमा आफ्नो भावना सोसल मिडियामा एउटा पोस्टमार्फत शेयर गरेका छन् । ऱ्यापरले सम्बन्ध विच्छेदजस्तो लाग्ने सबै कुराहरूको सूचीबद्ध गरेका छन् । किम र कान्येको विवाह भएको सात वर्ष भइसकेको थियो र तिनीहरूका चार जना छोराछोरी छन् ।
गत वर्षको फेब्रुअरीमा किमले कान्ये वेस्टबाट सम्बन्ध विच्छेदको माग गरेकी थिइन् । अदालतले किमलाई कानुनी तवरमा एकल घोषित गरिसकेको छ । उनले आफ्नो नामबाट वेस्ट पनि हटाइसकेकी छन् ।
त्यसपछि वेस्टले एउटा सोसल मिडिया पोस्ट शेयर गरे जसमा उनले त्यो ‘डिभोर्स भावना’ शेयर गरेका छन्। शुक्रबार शेयर गरिएको नयाँ इन्स्टाग्राम पोस्टमा पूर्व पत्नीसँगको सम्बन्ध विच्छेदबारे आफ्नो भावना व्यक्त गरेका छन् । यसमा ऱ्यापरले सम्बन्ध विच्छेदजस्तो लाग्ने सबै कुराहरूको सूची दिएका छन् ।
सम्बन्ध विच्छेदसँगको तुलनाको लामो सूचीमा वेस्टले सबैभन्दा पहिला सम्बन्ध विच्छेदको हृदयविदारक सम्बन्धलाई “पूर्ण विकसित कोभिड” सँग तुलना गरेका छन् । वेस्टले उक्त पोष्टमा लेखेका छन्, “तपाईंका छोराछोरी तपाईंको नियन्त्रणबाट खोसिएको जस्तो लाग्छ सम्बन्ध विच्छेद। तपाईंलाई गोली हानेको र ट्राफिक जाम ढिलो भएको जस्तो लाग्छ।”
त्यसपछि उनले लेखेका छन्, “डिभोर्समा भारी सास लिएजस्तो लाग्छ, यस्तो चिसोबाट हजुरबुवा कहिल्यै निको हुनुभएन जस्तो देखिन्छ। सम्बन्ध विच्छेद निसास्सिए जस्तै हो, सास फेर्न गाह्रो भएजस्तो लाग्छ। ”
https://www.instagram.com/p/CasosYVuM_G/?utm_source=ig_web_copy_link
कान्ये किमलाई आफ्नो जीवनमा फर्काउन धेरै प्रयास गर्दै आएका छन् । तर त्यस्तो नदेखिएपछि उनले पछिल्लो समयमा किमको परिवार र उनका प्रेमीका बारेमा नकारात्मक बयान दिँदै आएका छन् ।
किम कान्येको व्यवहारदेखि यति धेरै रुष्ट थिइन् कि उनी चाँडै आफ्नोको नामबाट उनको नाम हटाउन चाहन्थिन्। त्यसका लागि उनले लस एन्जलिस अदालतसँग लिखित अनुमति मागेका थिए । तर यहाँ पनि वेस्टले अदालतमा किमको याचिकालाई ठेस पुग्ने गरी खारेज गर्न कागजात दर्ता गराएका थिए ।
किम र कान्ये वेस्टले सन् २०१२ मा डेटिङ गर्न थालेका थिए । यी दुईले सन् २०१४ मा विवाह गरे । तर विवाह भएको झन्डै सात वर्षपछि दम्पतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेका थिए । कान्येको यो पहिलो डिभोर्स र किमको तेस्रो डिभोर्स हो । साथै, कान्येबाट अलग भएपछि किम ले अहिले हास्य कलाकार पिट डेभिडसनसँग डेटिङ गरिरहेकी छिन्। उनीभन्दा पिट कम उमेरका छन् ।
