जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका ३ मुल्सामका स्थानीय महिला अहिले पनि सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर छन् । भौगोलिक विकटताका कारण त्यस क्षेत्रका स्थानीय महिलाहरु सुरक्षित सुत्केरीको पहुँच भन्दा बाहिर रहदैँ आएका हुन् ।
हुने खानेका परिवारहरुले सुत्केरी गराउन एक महिना पहिले खलंगा, सुर्खेत र नेपालगञ्ज लैजाने छन् । तर विपन्न तथा गरिव परिवारहरु भने गाउँमै सुत्केरी गराउन बाध्य छन् । सोमबार विहान बारेकोट गाउँपालिका ३ की मीना नेपालीलाई सुत्केरी वेथाल लागेपछि नजिकै स्वास्थ्य संस्था नहुनुका कारण, पैदल चार घण्टा हिडेर प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा ल्याउने क्रममा अस्पताल पुग्न नपाउँदै विच बाटोमै सुत्केरी भएको बारेकोट गाउँपािलका ३ की स्थानीय रञ्जना नेपाली बताईन् ।
उनले भननिन्, ‘समान्य तरिकाले बच्चा जन्माईन, ‘यदि समस्या भएको भए मीनाकोे ज्यान समेत जाने थियो ।’ ‘गाउँमा अस्पताल छैन, भएको स्वास्थ्य क्लिनिकमा उपचार हुदैन् यहाँका धेरै महिलाहरु मृ’त्युको मुखमा छन् उनीले थपिन ।’
यो समस्या मिनाको मात्र नभई सोही गाउँमा बसोस गर्ने १ सय १९ घरधुरीका महिलाहरुको समस्या हो । सुरक्षित सुत्केरी गराउने देखि समान्य सिटामोल किन्ने पनि घण्टौँ हिड्नुपर्ने बाध्यता रहेको स्थानीय कल्पना विकले जानकारी दिईन । उनले भनिन्, ‘गाउँमा अस्पताल छैनन्, एउटा किल्निक मात्रै हो उपचार पाउन गाह्रो हुन्छ । यहाँका नागरिकहरु उपचार नपाई म’र्ने अवस्था छ ।’
बारेकोट गाउँपालिका ३ का महिलाहरुको महिलाहरुको पीडाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको र यस समस्याको समाधान गर्नका लागि एक एक बर्ष भित्रै मुल्साममा वर्थिङ्ग सेन्टर संञ्चालन गरिने बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए । उनले भने, ‘मुल्सामका महिलाहरुको पीडालाई मध्य नजर गर्दै गाउँपालिकाको नीति तथा कार्यक्रममा समेत वर्थिङ्ग सेन्टर समेटिएको छ, तुरुन्तै मुल्लसाममा वर्थिङ सेन्टर सञ्चालन हुन्छ ।’
