काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले
आफुलाई दुई पटक बलात्कार गरेको भन्दै प्रहरीसमक्ष किटानी दिएकी छन् ।
लामिछानेविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा प्रहरी वृत्त गौशालामा बुधबार किटानी जाहेरी दर्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनको उमेर १७ वर्षको छ । उनको हिजै स्वास्थ्य परीक्षण गराएर प्रारम्भिक अनुसन्धान थालिएको पनि प्रहरीले जनाएको छ ।
काठमाडौंको एक कलेजमा अध्ययरत पीडित युवती लामिछानेकी ‘फ्यान’ हुन् । उनीहरुबीच सामाजिक सञ्जाल स्न्यापच्याट र ह्वाट्स एपमार्फत कुराकानी हुने गरेको थियो । सन्दिपले नै भेट्न प्रस्ताव गरेका थिए । उनीहरु नगरकोट लगायत भक्तपुरका विभिन्न ठाउँ घुम्न गएका थिए । फर्किदा अबेर भैसकेको थियो । अबेर भएपछि सन्दिपले होटेलमा बस्न आग्रह गरेका थिए । उनको आग्रह अनुसार गौसालाको एक होटेलमा उनीहरुको बास भएको थियो । प्रहरीले उनीहरु गएको स्थान र होटेलको सिसिटिभी फुटेज खोजिरहेको छ ।
