नेपालमा डेंगु सङ्क्रमणबाट मृ त्यु हुनेको सङ्ख्या ३२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ । गत साउन महिनामा पहिलोपटक डेंगु पुष्टि भएयता यो सात प्रदेशका ७६ जिल्लामा फैलिसकेको छ ।मन्त्रालयका अनुसार देशभर २५ हजार ५४३ जनामा सङ्क्रमण पुष्टि भएको छ।
सबैभन्दा बढी बागमती प्रदेशमा १९ हजार ९१० जना सङ्क्रमित भएका छन् भने लुम्बिनी प्रदेशमा सङ्क्रमितको सङ्ख्या २ हजार ८८९ पुगेको छ । नेपालमा वि.सं.२०६१ मा पहिलोपटक डेंगुको सङ्क्रमण देखापरेको थियो।

यो पनि
काठमाडौं । नेकपा एमालेले आफू कमजोर भएका ठाउँमा विद्रोह गर्दा गठबन्धन हार्न सक्ने ठाउँमा विद्रोही नेपाली कांग्रेस शेखर कोइराला समूहलाई सघाउने सन्देश पठाइसकेको छ ।
स्रोतका अनुसार कार्यकर्ता तहबाट पहिलो र दोस्राभन्दा पनि तेस्रो विकल्पमा जान दबाब नेताहरुलाई छ । एक नेताका अनुसार कतिपय नेताहरुले व्यक्तिगत रुपमा एमाले अध्यक्ष केपी ओलीलगायतका शीर्ष नेताहरुलाई भेटेर आफूहरु विद्रोहमा जाने भन्दै सहकार्यको प्रस्ताव राखिसकेका छन् ।
सो समूहका केहि नेताहरुले भने डा।शेखर कोइराला र डा। मिनेन्द्र रिजाललगायतका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर आवश्यक पर्दा सहकार्य गर्नुपर्ने जनाउ दिइसकेका छन् ।
गठबन्धनका कारण सीट खोसिने निश्चितजस्तै भएका कतिपय प्रभावशाली कांग्रेस नेताहरु एक्लै वा कर्ण मल्ल र गोविन्दराज जोशीमार्फत एमाले नेतृत्वसँग संवादमा जुटेका छन् ।
कांग्रेसका शेखर कोइराला समूह पार्टी सभापति शेरबहादुर देउवा समूहसंग निर्वाचनको टिकटको समस्याले गर्दा विवादमा छ । शेखर समूहले देउवाले एकलौटी रुपमा पार्टी चलाएको आरोप लगाउंदै विद्रोहमा उत्रिएको हो ।
देउवाले पार्टीको विभिन्न संगठानमा पनि आफ्नो पक्षका नेताहरुलाई मात्र नियुक्त गरेपछि शेखर समूह असन्तुष्ट छ । समानुपातिकको बन्दसूचीमा शेखर समूहलाई जम्मा १० प्रतिशत दिएपछि शेखर समूह आक्रोशित भएका छन् । शेखर समूहले देउवासंग ४० प्रतिशत माग राख्दै आएको छ। तर देउवाले भने समानुपातिकमै १० प्रतिशतमा झारेपछि शेखर समूह विद्रोहमा उत्रिएका छन्।
