काठमाण्डौ, दसैँसँँगै कास्कीको मर्दी हिमाल पदमार्गका व्यवसायीलाई पर्यटकको सेवामा भ्याइनभ्याइ हुन्छ । पदमार्गको अन्तिम बासस्थल हाइक्याम्पमा सुदीप गौतम पनि सेवामै व्यस्त हुन्थे । दुर्भाग्य अब उनी पर्यटकको सेवा गरिरहेको भेटिने छैनन् ।
२०४४ साल कार्तिकमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ९ सिदिङमा जन्मिएका उनको शुक्रबार साँझ ४४ वर्षको उमेरमा मृत्यु भएको छ । पानीको समस्या समाधान गर्न निस्किएका उनको हाइक्याम्पमाथि रहेको भीरबाट ख’सेर मृत्यु भएको हो । सुदीपको शनिबार अन्त्येष्टि गरिएको छ ।
सुदीप मर्दी पदमार्गका व्यवसायीमात्रै थिएनन्, उनी गोठलाई पर्यटकको ओइरो लाग्ने गन्तव्य बनाउन सफल व्यक्ति थिए । अर्थात् उनी मर्दी हिमाल पदमार्ग चिनाउने पायोनियर हुन् । दुई दिनको हिँडाइमै अन्नपूर्ण, माछापुच्छ्रे, मर्दी हिमाल आँखैअघि देख्न पाइन्छ । यही विशेषता देखेर गोठ रहेको त्यही डाँडाकाँडालाई सुदीपले चिनाएका थिए ।
‘मर्दी पदमार्गको योजनाकार उहाँ नै हुनुहुन्थ्यो । प्रवर्द्धनमा पनि उहाँ आफैँ लाग्नुभयो । मर्दीले मात्र होइन, पर्यटन क्षेत्रले राम्रो मान्छे गुमायौँ,’ ट्रेकिङ व्यवसायी धर्मराज पन्थीले सुदीपबारे भने । निकै मिजासिलो स्वभावका सुदीपलाई भेट्नेहर् उनलाई सुनेर नतमस्तक हुन्थे । उनी आफूले भेट्ने हरेकलाई मर्दी हिमाल पदमार्ग उ’क्लन निम्त्याउँथे । मर्दी हाइक्याम्पमा सुदीपको ट्रेकर्स प्याराडाइज होटल र गाउँ सिदिङमा ट्रेकर्स होम्स गरेर दुई होटल थिए । उनी ट्रेकिङ एजेन्सी पनि चलाउँथे ।
पर्यटकलाई २र३ दिन लाग्ने पदमार्ग उनी एकदिनमै सक्थे । सुदीप काँडे, सिदिङ जहाँबाट पदमार्ग सुरु हुन्छ त्यहाँदेखि ४५ सय मिटर उचाइको बेसक्याम्पसम्म डेढ दशकदेखि प्रायः ओहोरदोहोर गरिरहे । तर, सधैं हिडिरहेका बाटोबाटै चिप्लिएर उनले अन्तिम सास फेरे । मर्दी पदमार्गका व्यवसायी सुदीपको मृत्युले स्तब्धमात्रै छैनन् अब त्यसरी खटिने मान्छेको अभावले थिच्ने चिन्तामा पनि डुबेका छन् ।
पदमार्गअन्तर्गत फरेष्ट क्याम्प (कोकर)का होटल व्यवसायी सुक गुरुङ आफूहरुको टेको नै भाँ’चि’एको भन्दै सुक्सुकाउँछन् । ‘१७र१८ वर्षको उमेरमा मर्दी चिनाउँछु भनेर लागेको थियो । ‘हाम्रो त टेको नै भाँचियो । रानाबिनाको मौरीजस्तै भएका छौँ । सुदीप बाबुबारे बोल्न केही शब्द छैन,’ उनले शिलापत्रसँग भने । सुदीप १८ वर्षको उमेरमा भैँसीगोठलाई पर्यटकीय गन्तव्य बनाउन कस्सिएका थिए ।
पदमार्गको लोक्याम्प, बादलडाँडा, हाइक्याम्प सिदिङ, घलेलका गाउँलेको वस्तुभाउ चराउने चरन क्षेत्र थियो । फाट्टफुट्ट विदेशी आउँथे र गोठमै रात कटाउँथे । सुदीप, सुकलगायतका बुवाहरु पर्यटकलाई चियाचिसो बेच्थे । तर, कुनै टि सप, होटल खुलेको थिएन । सुदीपले नै मर्दी हिमाल पदमार्गको हाइक्याम्पमा पहिलोपटक होटल खोलेका थिए । परीक्षाफलमा भएको प्राविधिक त्रुटिपछि सुदीप गाउँमाथिको डाँडाको प्रवर्द्धननमा कस्सिएका थिए ।
गाउँमाथि भएकाले सुदीप बाल्यकालदेखि नै चरन क्षेत्रसँग परिचित थिए । पछि उनले नै ती खर्कलाई मर्दी हिमाल पदमार्ग बनाए । जुन आज नेपालको सबैभन्दा धेरै पर्यटक पुग्ने पदमार्ग बनेको छ । ‘पदमार्ग बनाउने, पर्यटक ल्याउने भनेर काम गर्दा त्यतिबेला सबैले मलाई बौलाहा भन्नुहुन्थ्यो । अहिले सबै साथीहरु मसँगै बौलाउनु भएको छ,’ सुदीपले अन्तर्वार्ताहरूमा भन्थे ।
२०६४ सालमा उनी कक्षा १२ को परीक्षाफल कुरिरहेका थिए । तीक्ष्ण बौद्धिक क्षमता भएका सुदीपको नतिजा बिग्रियो । त्यसपछि उनी मर्दी हिमाल र पदमार्ग प्रवर्द्धननमा जुटे । त्यता लागेपछि परीक्षाफलमा प्राविधिक गल्ति भएको थाहा भयो । तर, उनले आफूले सुरु गरेको काम छोडेनन् । उच्च शिक्षा पढ्न स्वीजरल्याण्ड जाने सपना थाँती राखेर पर्यटकलाई मर्दी घुमाउने सुरसारमा कस्सिए । हाइक्याम्पमा आठ कोठाको घर बनाएर उनले मर्दीमा पर्यटकलाई बस्ने सुविधा पनि दिन थाले । यो २०६४र६५ सालतिरको कुरा हो ।
२०६८ सालदेखि मर्दीै हिमाल पदमार्ग औपचारिक रुपमा सुरु भएको थियो । सुरुका वर्ष पर्यटक निकै कम आँउथे । २०७२ सालको भूकम्पअघिसम्म नेपालीमा घुम्ने बानी विकास भएको थिएन । त्यसपछि नेपालीको चाप बढ्न थाल्यो । सामाजिक सञ्जाल प्रयोगकर्ताले गर्दा नै मर्दीले उचाइ लिन थाल्यो । अहिले एक दर्जन होटल हुँदा पनि पर्यटकले बस्ने ठाउँको अभाव हुने अवस्था बनेको छ ।
सुदीप नेपाल पर्वतारोण संघ गण्डकीका महासचिव हुन् । उनी नेपाली कांग्रेस कास्कीको सदस्य पनि हुन् । आगामी चुनावमा माछापुच्छ्रे गाउँपालिकामा कांग्रेसबाट चुनाव लड्ने योजनामा थिए ।
पदमार्गमा पर्यटक बढेसँगै अत्यधिक फोहोर हुन थालेको थियो । उनी ठाउँठाउँका व्यवसायीलाई सरसफाइमा ध्यान दिन सुझाउँथे । मर्दीको हाइक्याम्प उक्लँदा–ओर्लँदा सुदीप फोहोर टिप्दै हिँड्थे । ‘उहाँ पदमार्ग फोहोर गर्न भएन, सफा गर्नपर्यो । भनिराख्नुहुन्थ्यो,’ सुक मधुरो बोल्छन्, ‘हिउँ पर्दा, जुकाले टोक्दा पनि हामी सँगै पदमार्ग बनाउने काममा खटिन्थ्यौँ । पदमार्ग बनाउँदाका याद त कति छन् । अहिले बोल्न केही आउँदैन ।
