काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकालाई चिनिँया भाषाको हब बनाउने रणनिति अघि सारिएको छ । छिमेकीमुलुक चीनसंगको सम्बन्ध विस्तारमा सहज होस भन्ने हेतुले उक्त गाउँपालिकाले रणनिति अघि सारेको हो ।
गाउँपालिका भित्रका बिभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई चिनिँया भाषा कक्षाको शुरुवात गरी उक्त कार्यको शुभारम्भ गरिएको गाउँपालिकाका अध्यक्ष पासाङ र्नुपु शेर्पाले जानकारी दिए ।
चिनसंग सीमाना जोडिएको भोटेकोशी गाउँपालिकाको तातोपानी नाकाबाट ब्यापारी क्रियाकलापहरु सञ्चालन गर्न भाषाको समस्या रहेको छ । गाउँपालिका भित्रका नागरिकहरुलाई चिनिँया भाषाको अध्ययन गराउन सकेमा उक्त समस्या समाधान हुने गाउँपालिकाले बिश्वास लिएको छ । यस्तै भाषाको ज्ञान भएमा सीमानाकामा दुई देशका नागरिकहरुबिचको सम्बन्ध प्रगाढ बन्ने र सास्ंकृति दृष्टिकोणले पनी चिनिँया भाषाको ज्ञान अपरिहार्य रहेको गाउँपालिकाको भनाई छ ।
चिनिँया भाषाको अध्ययनका लागी गाउँपालिकाले आवश्यक निति बनाएरै लगानी गर्ने जनाएको छ । चिनिँया नाकासंग जोडिएर पनी भाषा अभावकै कारण गाउँपालिकाभित्रका नागरिकहरुले उल्लेख्य रुपमा फाईदा लिन नसकेको अवस्थामा अब भने भाषाको ज्ञानले बिशेष टेवा पुग्न सक्ने दाबी गरिएको छ ।
चिनिँया भाषा कक्षा पढाउदै भोटेकोशी, यस्ता छन् उदेश्यहरु ?
चिनिँया भाषा कक्षा पढाउदै भोटेकोशी, यस्ता छन् उदेश्यहरु ?
तपाईको प्रतिक्रिया
