काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झाले एसईई परीक्षा पास गरेको भन्दै अहिले सामाजिक सञ्जालमा उनको नतिजा भाइरल भइरहेको छ ।
क्रिकेट मोहकै कारण ८ कक्षापछि पढाइ छोडेका थिए गुल्शनलाई शुक्रबार विमानस्थलमा पत्रकारहरुले एसईई पास भएकोमा बधाईँ दिँदै गर्दा उनी मुसुक्क हाँसे ।
र भने मैले परीक्षा दिएकै छैन कसरी आयो रिजल्ट ?
जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा परीक्षा नै नदिएको बताएका हुन् ।
बिहीबार सार्वजनिक भएको राष्ट्रिय परिक्षा बोर्डको नतिजा पछि सामाजिक सञ्जालमा गुलशनले एसइई उत्तीर्ण गरेको भन्ने नतिजाफल ‘भाइरल’ भएको थियो।
