काठमाडौं । गायिका समिक्षा अधिकारीले अष्ट्रेलियाले आफ्नो भिषा रद्द गरिदिएको समाचार सरासर झुटो भएको बताएकी छन् । आज बिहानैदेखि उनको भिषा रद्द भएको बनेर सञ्चारमाध्यमहरुमा समाचार आएपछि समिक्षाले उक्त बिषयको खण्डन गरेकी हुन् ।
अँध्यारो समय छिचोलेर अगाडि बढ्न खोज्दा फेरि आफ्नो बदनाम गर्न खोजिएको समिक्षाको गुनासो छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै समीक्षाले समाचारहरु हेरेर आफू आश्चर्यमा परेको बताएकी छन् ।

उनले लेखेकी छन् । ‘हुन त मैले योभन्दा ठुलो प्रहारहरु खपिसकेकी छु, तैपनि आज सामाजिक सञ्जालमा आएको कुराले म अष्ट्रेलिया वा अन्य देश बस्ने विद्वान दाजुभाइ दिदीबैनीहरुलाई सोध्न चाहन्छु, यहाँनिर मेरो गल्ति के भयो ?’, ‘एउटा उमेर पुगेको मान्छे नियम परिधिभित्र रहेर अष्ट्रेलियामा बसाइ लम्बाएर बस्दा एकतर्फी रुपले अलिकति कुरा पनि नबुझी किन ममाथि प्रहार गर्नु भो ?’ समिक्षाले आफ्नो भिषा निवेदनमा फाइनान्सको केही डकुमेन्ट थप गर्नु पर्ने भनिएको र आफूले त्यो पठाइसकेको उल्लेख गरेकी छन् ।
