नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य पनि सोही कायम हुँदै प्रतितोला एक लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तर चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै एक हजार ३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन बुधबार चाँदी प्रतितोला एक हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
