चलचित्र ‘एक भागवत एक गीता’ हेरेर फर्किएकि रिमा विश्वकर्मा ले “कलाकार र चलचित्र बाँच्नको लागी निर्माता बाँच्न जरूरी छ ” भन्दै आफ्नो फेसबुक वाल मा लामो स्टाटस लेखेकी छिन् । उनले चलचित्र निकै राम्रो बनेको भन्दै कलाकार तथा निर्देशक झरना थापाको खुलेर प्रशंसा गरेकि छिन् ।
चलचित्र ‘एक भागवत एक गीता’ प्रदर्शनको दोस्रो सातामा चलिरहदा दर्शक तथा कलाकर्मी हरु ले विभिन्न प्रतिकृयाहरु दिदै आइरहेका छन् । प्रदर्शन अगावै पनि विभिन्न समस्याहरु झेल्दै आएको यस चलचित्रले आफ्नो नाम समेत परिवर्तन गर्नुपरेको थियो । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्र कलाकार झरना थापाले निर्देशन गरेकी हुन् ।
रिमा विश्वकर्माले झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहँदा नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्ने समेत उक्त स्टाटसमा उल्लेख गरेकि छिन् ।
रिमा विश्वकर्माको स्टाटस जस्ताको तस्तै :
चलचित्र ‘एक भागवत एक गीता’ हेरे पछि
कलाकार र चलचित्र बाच्नको लागी निर्माता बाच्न जरूरी छ।
झरना थापा जस्तो ईमान्दार मेकरलाई कहिले सेन्सरको नाममा त कहिले समिक्षाको नाममा पिरोलिरहने हो भने नेपाली चलचित्र व्यापार, व्यवसाय र करियरको रूपमा विकसित हुन अर्को पचास वर्ष लाग्न सक्छ।
चलचित्र हेरे पछि म भित्रको कलाकारलाई कलाकार ‘झरना थापा’ को सार्है माया लागेर आयो। कलाकार झरना थापाको कलाप्रतिको बुझाई, लगाव र निर्माता निर्देशकको रूपमा देखाएको ईमान्दारिता वास्तवमै प्रशम्सनिय छ।
यत्तिको नेपाली चलचित्र निरन्तर बन्नुपर्छ र झरना थापा जत्तिको निर्देशक ,निर्माता टिमलाई हामीले बचाउनुपर्छ।
कलाको समिक्षा गर्नु पूर्व कला बुझ्न जरूरी छ।
कलाको भन्दा कलाकार, निर्माता र निर्देशन टोली प्रति पक्षपाती भएर गरिएका समिक्षाको पछि नलाग्नुहोला। राम्रा चलचित्रको मुल्यांकन गर्न हामी आफै सक्षम छौ।
मलाई त मनपर्यो ‘एक भागवत एक गीता’
