काठमाडौं । ‘उपहार’को छायांकन सेटबाट पूजा शर्माको ताजा तस्वीर सार्वजनिक भएको छ।
ज्ञानेन्द्र देउजाको निर्देशनमा फिल्म ‘उपहार’को छायांकन भइरहेको छ । दशैंअघि छायांकन सक्ने लक्ष्य लिइएको यो फिल्ममा रेखा थापा, पूजा शर्मा र बेनिशा हमालको शीर्ष भूमिका छ ।
तीन महिला पात्रमार्फत निर्देशक देउजाले कथावाचन गर्दैछन् ।

यो फिल्ममा नायिका पूजा शर्माले चुलबुले आधुनिक यूवतीको भूमिका निर्वाह गरेकी छिन् । बेनिशालाई वकिलको भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेत्री रेखाको भूमिकाबारे खुलाइएको छैन ।


