यतिबेला चर्चित लोकदोहारी गायीका ज्योती मगरको एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाईरल बनिरहेको छ । ज्योती मगरले एउटा सास्कृतिक कार्यक्रममा गीत गाउँदागाउँदै स्टेजमा भ्वाङ परेर ज्योती मगर भ्वाङभित्र खसेको भिडियोले समाजिक सञ्जाल तातिरहेको हो ।
कुरा केही दिन अगाडीको मात्र हो । इलामको माइ नगरपालिकामा आयोजित १३ कुने सिमसार महोत्सवमा ज्योति मगर सहभागी भएकी थिईन् । ज्योती मगर आफ्ना प्रत्येक प्रस्तुतीहरुमा दर्शकहरुलाई सकेसम्म मनोरञ्जन दिने प्रयास गर्छिन् । यतिमात्रै होईन् आफ्नो प्रस्तुति मात्र उनी दर्शकहरुलाई उत्तेजित पनि बनाउछिन् । उनका गीतहरु पनि प्राय त्यस्तै किसिमका हुन्छन् । कतिपयले उनलाई छाडा गायीका पनि भन्ने गर्छन् तर ज्योति मगरको प्रस्तुत हुने शैली भने फेरिएको छैन् ।अन्य सास्कृतिक कार्यक्रमहरुमा जस्तै १३ कुनेको महोत्सवमा पनि उनले आफ्नो पुरानै शैलीमा प्रस्तुती दिन खोजिन् । जब उनी गीत गाउनको लागी स्टेजमा चढ्नि एकाएक दर्शकहरुबाट हुटिङको बर्षा भयो । दर्शकको हुटिङबाट हौसिदै ज्योती मगरले आफ्नो प्रस्तुती अगाडी बढाईन् ।
उनले शुरुमा सामान्य तरिकाले गीत गाउन थालीन् । ज्योती मगरको प्रस्तुतीमा झुमिरहेका दर्शकहरुले ज्योतिलाई उफ्रिएर गीत गाउन आग्रह गरे । र ज्योती पनि दर्शकहरुको आग्रहललाई स्वीकार्दै उफ्रिएर गीत गाउन थालीन् । जब ज्योतीले उफ्रिएर स्टेजमा गीत गाउन थालीन माहोल झनै तात्दै गयो । दर्शकहरु ज्योतीको प्रस्तुतीले उत्तेजित बन्दै हुटिङ गरिरहेका थिए । उफ्रिदै गीत गाईरहेकी ज्योती मगर पनि झन झन उफ्रिन थालीन् त्यही समयमा एकाएका स्टेजमा भ्वाङ पर्यो र ज्योति मगर भ्वाङभित्र पसिन् ।
अनि एकाएका त्यहाँको माहोल परिर्वतन भयो । ज्योति भ्वाङमा खस्ने वित्तिकै सहयोगी आएर उठाएको दृश्य देखिन्छ । हेर्दा सामान्य तरिकाले लडेको जस्तो देखिए पनि ज्योति मगरको खुट्टामा गम्भीर चोट लागेको बताईएको छ । त्यसपछि ज्योति मगरले केही असहज महसुस गर्दै संयमित भएर प्रस्तुतीलाई निरन्तता दिएको कार्यक्रमका दर्शकहरुले बताएका छन् ।
ज्योति मगरले गीत गाउँला स्टेजमा भ्वाङ परेर लडेपछि कार्यक्रकमा दर्शकहरुले आयोजकमाथि आक्रोश ब्यक्त गरेका थिए । स्टेजमा कमसल सामाग्री प्रयोग गरिएकाले उक्त घटना भएको भन्दै दर्शकहरुले आक्रोश ब्यक्त गरेका थिए । कार्यक्रममा सहभागी भएका अन्य कलाकारहरुले पनि उक्त स्टेज सामान्य रुपले प्रस्तुती दिदा पनि हल्लिरहेको बताएका थिए । अन्य कलाकारहरुले स्टेजको नाजुक अवस्था बुझेर सामान्य तरिकाले आफ्नो प्रस्तुती सक्काएका थिए । तर ज्योति मगरको बढी उफ्रिने बानी र स्टेजको नाजुक अवस्थाका कारण उक्त घटना घट्न गएको हो । उक्त घटनापछि आयोजकले ज्योतिसंग माफीसमेत माग्नु परेको छ । यता ज्योतीको उक्त भिडियोको बिषयलाई लिएर अहिले सामाजिक सञ्जालमा पनि बिभिन्न खालका टिकाटिप्पणीहरु भईरहेका छन् ।
संजाल प्रयोगकर्ताहरुले पनि आयोजकप्रति आक्रोश पोखिरहेका छन् । आयोजकले कमसल स्टेज बनाउँदा घटना भएको भन्दै उनीहरुले कार्वाहीको माग समेत गरेका छन् । १३ कुनोन पुस १५ गतेदेखि २० गतेसम्म महोत्सव आयोजना भएको थियो । ज्योतिले यतिबेला विभिन्न जिल्लामा आयोजित मेला महोत्सवमा सांगीतिक प्रस्तुति दिइरहेकी छन् ।
भिडियो : https://fb.watch/psFLYZvJi6/
