फिल्म ‘एक्टर’ मा प्रदीप खड्कासँग आना शर्माको जोडि बाँधिने पक्का भएको छ ।
आनाले ‘एक्टर’साइन गरेसँगै प्रदीप र आना को जोडी पहिलो पटक दर्शक माझ आउने पक्का भएको हो ।
निर्माण पक्ष र आनाबिच फिल्मका लागि कागजी सम्झौता भएको हो ।
राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् ।
फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैँ नै लालायित हुने गरेको उनको भनाई छ ।
यो फिल्मको छायाङ्कन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माण पक्ष छ ।
