काठमाडौं । गायिका एलिना चौहानले प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । उनले आगामी वैशाख ५ गते सापकोटासँग विवाह गर्न लागेकी हुन् ।
विवाहको तयारीमा आफू लागेको उनले बताएकी छन् । बागलुङ निवासी सापकोटा गीतकार पनि हुन् । उनी अस्ट्रेलियामा बस्दै आएका छन् । करिब एक वर्ष अगाडि तीजमा सांगीतिक प्रस्तुतिका लागि अस्ट्रेलिया जाँदा एलिनाले विष्णुलाई भेटेकी थिइन् । त्यसको केही समयपछि उनीहरूको अफेयर्स मिडियामा आएको थियो । दुवैले प्रेम खुला रूपमा स्वीकार गर्दै विभिन्न भिडियो समेत सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसपछि उनीहरूबिच ब्रेकअपको हल्ला पनि चलेको थियो ।
