काठमाडौं । आज प्रतिनिधिसभा बैठक चलिरहँदा पटक(पटक विद्युत अवरुद्ध भएको छ । आधा घण्टाको बीचमा तीन पटकसम्म बत्ती गएको हो । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतम आकस्मिक समयमा बोल्न सुरू गरेलगत्तै बत्ती गएको थियो । नेकपा एमालेका सांसद एवं नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाल र स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बोलिरहँदा पनि बत्ती गयो ।
विद्युत अवरुद्ध हुँदा अन्धकार भएपछि बैठकमा बोलिरहेका सांसदहरु अलमलमा परेका थिए । अहिले प्रतिनिधिसभा बैठक जारी छ ।
