काठमाडौँ । आफ्ना ग्राहकहलाई लक्षित गर्दै कृषि विकास बैंकले फोन लोन सेवा शुभारम्भ गरेको छ । विना कुनै झन्झट, घरमै बसेर चाहिएकै समयमा तुरुन्त ऋण लिन मिल्ने गरी बैकंले फोन लोन सेवा शुभारम्भ गरेको हो । एक कार्यक्रमको आयोजना गरी बैंकको केन्द्रिय कार्यलय रामशाहपथमा फोन लोन सेवाको शुरुवात गरिएको हो । यो सेवा शुचारु भएसंगै अब कृषि विकास बैंकका ग्राहकहरुले चाहिएकै समयमा ५ सयदेखि २ लाखसम्म विना धितो ऋण लिन सक्नेछन् ।
सरकारी क्षेत्रका बैकंहरुमा पहिलो पटक कृषि विकास बैकंले फोन लोन सेवाको शुरुवात गरेको जानकारी दिदै बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले नियमित रुपमा आम्दानी गर्दै आएका ग्राहकहरुले फोन लोन लिन सक्ने बताएका छन् । ग्राहकको नियमित कमाई र खातामा जम्मा भएको रकमको आधारमा ५ सयदेखि २ लाखसम्म ऋण लिन सकिने उनको भनाई छ ।
यस्तै बैंकमा कर्जा व्यबसाय तथा टेजरी बिभागका प्रमुख सुदीप कुमार दाहालले ग्राहकहरुको सहजतालाई मध्यनजर गर्दै यो सेवा सञ्चालन गरिएकाले अब चाहिएको समयमा मोबाईलबाटै ऋणका लागी प्रकृया थाल्न सकिने र केही मिनेटमै पैसा खातामा आउने बताए । अप्ठ्यारो परेको समयमा जुनसुकै वेला ऋण लिएर आफ्ना आवश्यकता पुरा गर्न सकिने उनको भनाई छ ।
विना धितो ऋण लिन सकिने र ऋण लिनका लागी कुनै पनि काजगपत्र आवश्यक पर्दैन् । भने यो निकै सुरक्षित रहेको पनि बैंकले दाबी गरेको छ ।
