काठमाडौँ । बुधबार पनि सुनको मूल्य बढेर नयाँ रेकर्ड कायम भएको छ ।
मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको थियो । उक्त मूल्य हालसम्मकै उच्च थियो ।
उक्त रेकर्ड ब्रेक गर्दै बुधबार सुनको मूल्यमा नयाँ इतिहास कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघअनुसार बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख ३६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
