काठमाडौँ । अहिले समाजिक संजालमा शिक्षामन्त्री सुमाना श्रेष्ठको एक तस्विर भाइरल छ । उक्त भाइरल तस्विरमा च्यातिएको सट सिलाएको प्रष्टै देखिन्छ । हिजोबाट भाइरल भएको उक्त तस्विरको प्रशंशा र आलोचना दुवै भइरहेको छ । शिक्षामन्त्री जस्तो मान्छेले ३२० रुपैया पर्ने एक नयाँ सट किन्न सक्दैन् भन्दै समाजिक संजाल प्रयोगकर्ताहरुले प्रश्न गरीरहेका छन् ।
उक्त भाइरल तस्विरलाई लिएर राप्रपाका प्रमुख सचेतक समेत रहेका ज्ञानबहादुर शाहीले समेत खरो आलोचना गरेका छन् ।
हुन त पछिल्लो केही समय यता शाही सिंगो रास्वपाको खरो बिरोधमा उत्रेका छन् । आज बिहान मात्रै उनले समाजिक संजालबाट शिक्षामन्त्री सुमनालाई कडा प्रहार गरेका हुन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै शाहीले अमेरिकाको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? भन्दै प्रश्न गरेका छन् । यतिमात्रै होइन् उनले एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले मन्त्रीको रुपमा समेत करिब महिना कै ९० हजार तलब खानसक्ने, र काठमाडौको ५ स्टार होट्लमा बिदेशी श्रीमान सङ दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे ?भन्दै अर्को प्रश्न समेत गरेका छन् । उनले शिक्षामन्त्री श्रेष्ठले धुुर्मुुस सुुन्तलीको भन्दा राम्रो नाटक गरेको समेत ठोकुुवा गरेका छन् ।
यस्तो छ शाहीले शिक्षामन्त्रीलाई तारो बनाएर लेखेको स्टाटस :-
सस्तो लोकपिरियताको लागि कति नाटक गर्छौ ? अमेरिकाको कलेज फिस ७६ लाख ५४ हजार १५२ रुपैया तिर्न सक्नेले एउटा ३५० रुपैयाको सट किन्न्न सक्दैन रे ? अनि काठमाडौमा फेरि– फेरि गाडी चढ्ने सक्ने , एन्जिओबाट महिनाको ३ लाख तलब खान सक्नेले साथै मन्त्रीकोरुपमा करिब महिना कै ९० हजार तलब खानसक्ने, र काठमाडौको ५ स्टार होट्लमा बिदेशी श्रीमान सङ दिनको २० हजारको डिनर गर्नेले जाबो ३५० रुपैयाको एउटा सट किन्न सकिँदैन रे ? तिम्रो नाटक एउटाले क्यामरा बोक्ने एउटाले च्यातिएको सट घरबाट लगाएर आउने अनि फोटो खिच्ने र बिदेशमा रहेका केही पैसा खाएर काम गर्ने भक्तेले फोटो हाल्ने र वाव र ग्वाउँ गर्दै भजन गाउने बिचार सोझा –सोझा इलामे जनतालाई उल्लु बनाउने यो तिम्रो नाटकघर होईन ? तिमहिहरु भन्दा राम्रो नाटक त घुर्मुस सुन्तलीले पनि गर्ने सक्दैनन?
तिमीहरु यो हद सम्म जान सक्छौ भने अहिले पहिचानको मुद्दापनि बोकि टोपलेको छौ रे बरु च्यातिएको सट लागाएको नाटक गर्नु भन्दा त केरा ,भोर्लार्कोपता र अमलिसोको स्याउला ओडेर घरदैलो कार्यक्रम गरन इलामे जनताको पहिचान भनेर झुकाउन पनि पाईने जनाताले बिजोग भएछ भनेर मतदान सङै कपडा दान पनि गर्नेछन अमेरिकामा सेकेन्ड ह्यान्ड कपडा पसल नै खोल्न पुगनेछ तिम्रा रगरग ।।
-रामदत्त जोशी
