दार्चुला । दार्चुलामा बेवारिसे अवस्थामा दुई बाख्रा फेला परेका छन् ।
महाकाली नगरपालिका वडा नं. ४ खलंगा स्थित महेन्द्र नमुना मा.वि. स्कुल अगाडी सार्वजनिक शौचालय नजिक बसपार्कमा बाख्रा फेला परेका हुन् ।
बेवारिसे अवस्थामा फेला परेका बाख्रा प्रहरीले जिल्ला प्रहरी कार्यलय दाचुर्लामा राखेको छ । जिल्ला प्रहरी कार्यलय दाचुर्लाको फेसबुक पेजबाट प्रहरीले उक्त जानकारी दिदै बाख्रा हराएको व्याक्तिले जिल्ला प्रहरी कार्यलयमा सम्पर्क गर्न अनुरोध समेत गरेको छ ।
यस्तो छ दार्चुला प्रहरीले दिएको जानकारी
मिति २०८१। ०१। १२ गते अं. २३ः४५ बजेको समयमा जिल्ला दार्चुला महाकाली न.पा. वडा नं. ४ खलंगा स्थित महेन्द्र नमुना मा.वि. स्कुल अगाडी सार्वजनिक शौचालय नजिक बसपार्कमा खटिएको प्रहरी टोलीले गस्ती गर्ने क्रममा २ वटा बाख्रा बेवारिसे हिडिरहेको अवस्थामा फेला पारि यस कार्यालयमा ल्याई राखिएको हुँदा उक्त बाख्रा को–कस्को हो चिन्नु हुनेले नजिकको प्रहरी इकाई तथा यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ ।
