काठमाडौं । समिक्षा अधिकारी अहिलेकी व्यस्त गायिकामध्येकी एक हुन् । उनी प्रायः गीत–संगीतमै व्यस्त हुन्छिन् । त्यसो त उनी सामाजिक सञ्जालमा उत्तिकै सक्रिय रहिन्छन् । आफ्ना प्रायः गतिविधिहरु आफ्ना फ्यानहरुलाई शेयर गरिरहेकी हुन्छिन् ।
यहि क्रममा उनले मंगलवार एउटा स्टाटस लेखेकी छिन् । जसमा उनले आफूलाई भाग्यमानी पनि भनेकी छिन् भने फिल्म चल्न रुँदै हिँडन् नपरोस भनेर व्यंग्य कस्न पनि भ्याएकी छिन् ।
गायिका अधिकारीको उक्त व्यंग्य कसका लागि होला रु भन्ने कुरा धेरै सोचिरहनु नै पर्दैन । उनले उक्त व्यंग्य अभिनेत्री पूजा शर्माकै लागि गरेकी हुन् भन्ने प्रतिक्रिया धेरैले दिएका छन् । पूजा र समिक्षा विगतमा छोटो समयका लागि परममित्र भएका थिए भने अहिले पानी बाराबारको स्थितिमा छन् ।
गायिका अधिकारीले समय–समयमा पूजाको नाम नलिइकनै विभिन्न व्यंग्यात्मक स्टाटसहरु लेखिरहेकै हुन्छिन् । गायिका अधिकारीले आफ्नो स्टाटसमा असफलत हुँदा खुसी हुनेहरु धेरै भेटिन्छन् भन्दै थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति–कत्ति भन्दै गुनासो गरेकी छिन् । उनले आफूले सबै कलाकारहरुलाई सफलता मिलोस्,उनीहरुको गीत चलोस्, फिल्म चलोस् भन्दै शुभकामना दिएकी छिन् भने संग–संगै रुँदै हिँड्न नपरोस् भन्ने किसिमका व्यंग्यात्मक सुझाव समेत दिएकी छिन् ।
उनले अहिले कसैलाई रुँदै हिँड्न नपरोस् भन्दै गर्दा उता शुक्रवारदेखि प्रदर्शनमा आएको अभिनेत्री शर्माको फिल्म ‘दान्भी’ ले सोचेजस्तो व्यवसाय गर्न नसकेको प्रतिक्रिया आइरहेको छ । गायिका अधिकारीको संकेत यहि कुरातिर हुन सक्ने पनि धेरैको टिप्पणी रहेको छ ।
उनले लेखेकी छिन्– ‘सबैलाई एक दिन मर्नु नै छ । बाँचुन्जेली रिस–राग र डाह मनमा पालेर के नै हुन्छ र रु असफल हुँदा खुसी हुनेहरू धेरै भेटिन्छन् । थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरू झनै कत्ति कत्ति । म चाहन्छु, सबै कलाकारहरूलाई सफलता मिलोस् । उहाँहरूको गीत चलोस् । फिल्म चलोस् । रुँदै हिँड्न नपरोस् ।’
जसरी थोरै समयका लागि पूजा र समिक्षाबीचमा मित्रता गाँसिएको थियो, अहिले विद्यमान पानी बाराबारको स्थितिलाई पनि छोट्याउने हो कि समिक्षा जी १।
