काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दा सरकार ढलेको चर्चा चलीरहेका बेला यही प्रकरणका प्रमाणहरु छताछुल्ल भइरहेका छन् । शरणार्थी प्ररकणका मुख्य बिचौलीया बेचन झाले पिडित रामशरण केसीसंग कुरा गरेको अडियो हिजै सार्वजनिक भइसकेको छ । उक्त अडियोले तहल्का पिटिरहेका बेला केही पिडितहरु थप प्रमाणसहित मिडियामा आएका छन् । जुन प्रमाणले नेपालको राजनीतीमा थप तरगं ल्याउने निश्चित छ । हुन त, नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोल्दा सरकार ढलेको कुरा स्वयम गृहमन्त्री रवि लामिछानेले नै बताइसकेका छन् । तर रविको यो कुरा कांग्रेस एमालेले स्वीकार गरेको छैन् । कांग्रेस निकट मानिने बेचनको अडियो सार्वजनिक भएको दोस्रो दिनमै शरणार्थी प्रकरणका पिडितहरुले थप प्रमाण देखाएका छन् ।
उनीहरुले देखाएका यी प्रमाणहरुले अझै केही भिआइपीहरुमाथि कारवाहीको डण्डा चल्ने निश्चित छ । किन कि पिडितहरुले यी र थप प्रमाण बोकेर अदालत जाने बताइसकेका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा अहिले अदालतमा विचाराधीन छ। यो प्रकरण रच्ने गिरोहका थप सञ्चालक र मतियारविरुद्ध प्रहरीले अनुसन्धान जारी नै राखेको छ। तर आफ्नो डुबेको रकम फिर्ता आउने टुंगो नदेखेपछि यो प्रकरणका जाहेरीकर्ता तथा रकम बुझाएकाहरूले आवाज उठाउन थालेका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पुर्वउपप्रधानमन्त्री, पूर्वगृहमन्त्री, गृहसचिव रहिसकेका नेपाल सरकारका सचिवसहितका व्यक्ति कानूनी तथा प्रशासनिक कारबाहीको दायरामा आइसक्दा र यीमध्ये सात जना पुर्पक्षका लागि थुनामा रहे पनि डुबेको करोडौँ रुपैयाँका बारेमा कतैबाट पनि क्षतिपूर्तिको आवाज नउठेको उनीहरूको गुनासो छ। शरणार्थी बनेर अमेरिका जाने लोभमा रकम बुझाएका उनीहरू एकत्रित हुन थालेका छन् ।
उनी हुन, रामकुमार रेग्मी, यीनै रेग्मीले शरणार्थी प्रकरणमा पहिलोपटक २०७९ जेठ १८ मा प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । रेग्मी स्वयंले दाङका सन्देश शर्माका नाममा तीन करोड ८५ लाख रुपैयाँ बुझाएको भन्दै यसका सबै बैंकिङ र अन्य कारोबारको समेत प्रमाण लिएर अर्को चरणमा अदालत जाने तयारी गरेका छन्। दाङका सन्देश शर्मा अहिले प्रहरी खोरमा छन् ।
यस्तै, अर्का जाहेरवाला पोखराका प्रेमराज पन्थीले आफ्नो डुबेको तीन करोड ६६ लाख रुपैयाँको हिसाबका बारेमा तत्कालीन गृहसचिव एवं हाल अख्तियार प्रमुख प्रेमकुमार राई, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा। इन्द्रजीत राई थुना गृहमन्त्री थापाका छोरा प्रतीक थापा समेतलाई जानकारी भएको बताएका छन् । इन्द्रजीत राई र प्रतीक थापा अहिले जेलको हावा खाइरहेका छन् ।
पिडित पन्थीले उनले आफ्नो रकम उठाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आवेदन दिएको समेत बताएका छन् । अख्तियारमा निवेदन दिएपछि प्रमुख राईले आफूलाई भेटेर उक्त निवेदनमा पोलिएको आफ्नो नाम हटाउन दबाब दिएको, त्यसपछि केशव दुलाल र सानु भण्डारीले तत्काल आफ्नो केही रकम पनि फिर्ता गरेको दाबी गरेका छन् ।
पन्थीले अरू सहयोगीमार्फत तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई पनि रकम बुझाएको दाबी गरेका छन्। उनले आफूलाई पीडित दाबी गर्दै आफूसहितका व्यक्तिहरू हाल धरौटीमा रिहा भएका तत्कालीन गृहमन्त्री बालकृष्ण खाणका बारेमा आफूसँग रहेको थप प्रमाण र गिरोह संलग्नताको रेकर्ड लिएर अदालतमा जान लागेको समेत बताएका छन् ।
नक्कली शरणार्थी प्रकरणको अनुसन्धानका क्रममा झन्डै एक वर्ष पुर्पक्षका लागि थुनामा बसेर आएका काठमाडौँ, टोखाका रामशरण केसी आफूले पनि २०७८ मंसिर ३ मा अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा गिरोहका बारेमा दिएको लिखित निवेदनमाथि सुनुवाइ नभएको बताउँछन्। आफू पनि दुलाल र भण्डारीमार्फत तीन करोड ४० लाख रुपैयाँ ठगीमा पर्ने पीडित रहेको दाबी उनले गरेका छन् । केसीले नक्कली शरणार्थी बनेर अमेरिका जाने प्रक्रियामा मन्त्रिपरिषद्बाट आवश्यक कागजात पारित गराउने आश्वासन पाएपछि आफूले दुई करोड रुपैयाँको चेक गिरोहका मध्यस्थकर्ता बेचन झालाई दिएको बताएका छन् ।
