काठमाडौ । भण्डारी सेवा समाज नेपालको रघुवंशि कौशिक गोत्रियको १७ औ स्थापना दिवस सम्पन्न भएको छ । बिहिबार केन्द्रिय कार्यलय धुम्बाराही स्थित लर्ड पार्टीभेन्युमा कार्यक्रम सम्पन्न भएको हो ।
बीर बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा कालाकारहरुको समेत सहभागिता थियो ।
उक्त कार्यक्रममा प्रमुख संरक्षक जिवन कुमार भण्डारी, संरक्षक केशर बहादुर भण्डारी, संस्थापक अध्यक्ष एवं सल्लाहाकार प्रमुख ध्रुव बहादुर भण्डारी, सल्लाहकार क्षेत्र बहादुर भण्डारी, बरिष्ठ उपाध्यक्ष राम कुमार भण्डारी, उपाध्यक्षहरु माननिय मसिना भण्डारी, कुमार भण्डारी, महासचिव राधाकृष्ण भण्डारी, पुर्वमहासचिव एवं केन्द्रिय सदस्य माधव भण्डारी, मधेस प्रदेस अध्यक्ष बिक्रम भण्डारी, वागमती प्रदेस अध्यक्ष दिलिप भण्डारी, इतिहासबिद शिव बहादुर भण्डारीको समेत सहभागिता थियो ।
भण्डारी सेवा समाजले देश तथा बिदेशमा रहेका रघुवंशि कौशिक गोत्रिय भण्डारीहरुको “कुलघर र मुल घर जोड्ने अभियान” चलाएको छ । जसअन्तर्गत केन्द्रमा कौशिक ऋषिको आश्रम सहितको केन्द्रिय कार्यलय र केन्द्रिय कुल मन्दिर स्थापना गर्ने अभियान सञ्चालन गरिएको छ । उक्त महत्वकाँक्षी योजना अध्यक्ष बीर बहादुर भण्डारीले सार्वजनिक गरेका थिए । अध्यक्ष भण्डारीले यो योजना पुरा गर्न ७ देखी ९ करोड लाग्ने बताएका छन्। अध्यक्ष भण्डारीका अनुसार उक्त कामका लागि केही रकम जम्मा समेत भएको छ ।
सहयोग गर्नेहरुको नामावली यसप्रकार छ ।
केन्द्रिय अध्यक्ष वीर ब भण्डारी बाट रु १२०५५५५÷
दाजु चित्र ब भण्डारी रु १००००÷
भुपेन्द्र भण्डारी रु १००००÷
रामचन्द्र भण्डारी रु१००००÷
आजिवन सदस्य वीर ब भण्डारी रु५५५५÷
आजिवन सदस्य चित्र ब भण्डारी रु५५५५÷
आजिवन सदस्य भुपेन्द्र ब भण्डारी रु ५५५५÷
आजिवन सदस्य चित्र ब भण्डारी रु ५५५५÷
मानार्थ सदस्य मा छोरिज्वाइ सरोज बस्नेत वर्षा भण्डारी बस्नेत परिवार बाट रु ५५५५५÷
मानार्थ सदस्य मीन कुमारी भण्डारी कार्की परिवारको तर्फबाट रु ५५५५÷
मानार्थ सदस्य रामकृष्ण थापाको परिवारबाट रु २५०००÷
