विश्व क्रिकेटका शीर्षस्थ फ्रेन्चाइज लिगमा सहभागी जनाइसकेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बुधबार हुने क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा आफ्नो
कोरोना संक्रमणको बिकराल स्थितिमा पनि सिपिएल अगस्ट १८ देखि सेप्टेम्बर १० सम्म ट्रीनिडाड एन्ड टोबेगोमा बन्द रंगशालामा गर्ने प्रस्ताव गरिएको छ । यद्यपि यसका लागि सरकारको स्वीकृति आउन भने बाँकी रहेको छ । ड्राफ्टअघि केहि टोलीले विदेशी खेलाडीलाई ड्राफ्टअघि नै अनुबन्ध गरिसकेका छन् । सिपिएलले पहिलो पटक ड्राफ्टअघि नै विदेशी खेलाडी अनुबन्ध गर्ने प्रावधान अगाडी सारेको हो ।
यसबाहेक अघिल्लो सिजनको टोलीबाट नै क्यारेबियन खेलाडी रिटेन गर्ने प्रक्रिया पनि सकिएको छ । ड्राफ्टबाट वारियर्स र नाइट राइडर्सले कम्तिमा ३ खेलाडी छनोट गर्नुपर्ने छ । तलाहवजले ११ खेलाडी, प्याट्रीयट्सले ६ खेलाडी तथा ट्राइडेन्ट्स र जुक्सले कम्तिमा ५ खेलाडी छनोट गर्नुपर्नेछ ।
सन्दीपले सन् २०१८ मा सिपिएलमा सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट खेलेका थिए । पहिलो सिजनमा उनले ५ खेल खेल्दै ७ विकेट हात पारेका थिए । यसक्रममा उनले १७ ओभर बलिङ गर्दै १ सय ६ रङ खर्चेका थिए भने एक मेडन समेत राखेका थिए ।
मूल्य ९० हजार डलर (१ करोड रुपैयाँ) मूल्य तोकेका छन् ।
दोस्रो सिजनमा बार्बाडोस ट्राइडेन्ट्समा अनुबन्धित सन्दीपले ६ खेल खेलेका थिए । उनले कुल ८ विकेट लिए । १९.५ ओभर बलिङ गरेका उनले १ सय २९ रन खर्चेका थिए भने १ मेडन राखे । सन्दीप राष्ट्रिय टोलीको खेल जुधेपछि सिजनको बिचमै छोडेर गएपनि ट्राइडेन्ट्सले उपाधि जितेको थियो । उनको स्थानमा मुख्य स्पिनरका रुपमा खेलेका हेडन वाल्स जुनियरले भने उत्कृष्ट प्रदर्शन गरेका थिए ।
सन्दीपले आफ्नो नाम ९० हजार अमेरिकी डलरको (१ करोड ८ लाख नेपाली रुपैयाँ) सुचिमा राखेका छन् । पहिलो सिजन सेन्ट किट्समा अनुबन्ध हुँदा सन्दीपले ५ हजार अमेरिकी डलर प्राप्त गरेका थिए । उनी त्यसबेला ११ औं चरणमा छनोट भएका थिए । दोस्रो सिजनमा भने बार्बाडोसले उनलाई पाँचौ चरणमा छान्दै ७० हजार अमेरिकी डलर तिरेको थियो । तर सन्दीप पूरा सिजन उपलब्ध नभएका कारण उनले अनुबन्ध रकमको शत प्रतिशत भने प्राप्त गरेनन् ।
यसपटक भने सन्दीप सिपिएलका लागि पूरा सिजन उपलब्ध हुने देखिन्छ । नेपालको अन्तर्राष्ट्रिय टुर लगभग सबै स्थगित भएको अवस्थामा सन्दीपले राष्ट्रिय टोलीको खेलका लागि फर्कनुपर्ने अवस्था छैन । अझ पाकिस्तानको इंग्ल्यान्ड टुरका कारण पनि सन्दीपलाई फाइदा पुगेको छ । पाकिस्तानका खेलाडी पूरा सिजन उपलब्ध नहुने भएपछि कतिपय टोलीले मार्की खेलाडी नै परिवर्तन गरिसकेका छन् ।
इएसपीएनक्रिकिन्फोका अनुसार अष्ट्रेलियाका क्रिस लिनलाई सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सले अनुबन्ध गरेको छ । अफगानिस्तानका रशिद खान र काइस अहमदले क्रमश: बार्बाडोस ट्राइडेन्ट्स र गुयाना एमेजन वारियर्सबाट खेल्ने छन् । दक्षिण अफ्रिकी राइली रुसोले सेन्ट लुसिया जुक्सको जर्सीमा उत्रनेछन् ।
अन्य विदेशी खेलाडीमा न्युजिल्यान्डका विकेटकिपर ब्याट्सम्यान टिम सिफर्टले ट्रीनबेगो नाइट राइडर्सबाट खेल्नेछन् । दक्षिण अफ्रिकी स्पिनर तबरेज शाम्शीले जमैका तलाहवजबाट खेल्नेछन् भने अफ्रीकाकै एनरिक नोर्टजेले जुक्स र रासी भान डर डुसेनले प्याट्रीयट्सबाट खेल्नेछन् ।
ड्राफ्टमा पाकिस्तानी अलराउन्डर शहिद अफ्रिदी सर्वाधिक मूल्यमा तोकिएका छन् । उनको नाम अधिकतम रकम १ लाख ६० हजार डलर रहेको छ । इंग्ल्याण्डका कप्तान ओइन मोर्गनले १ लाख ३० हजार डलर रकम तोकेका छन् । न्युजिल्यान्डका टिम साउथी र अष्ट्रेलियाका बेन कटिङले १ लाख १० हजार डलर तोकेका छन् ।

सन्दीपसँगै ९० हजार डलर सुचिमा दक्षिण अफ्रीकाका फाफ डु प्लेसिस र डेविड मिलर, अष्ट्रेलियाका डार्सी सर्ट तथा अफगानिस्तानका मोहमद नाबी र मुजिब उर रहमान रहेका छन् । वेस्ट इन्डिजका कार्लोस ब्रेथवेटले ७० हजार डलरमा आफ्नो नाम राखेका छन् । इंग्लिस ब्याट्सम्यान एलेक्स हेल्स, दक्षिण अफ्रीकाका कागीसो रबाडा र पाकिस्तानका साहिन अफ्रिदी ६० हजार डलरको सुचिमा नाम राखेका छन् ।
सन्दीप पछिल्लो समय अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा लगातार खेल्दै आएका छन् । भारतीय प्रिमियर लिग (आईपीएल) हुने नहुने केहि निर्क्यौल नभएको अवस्थामा सन्दीपका लागि अबको गन्तव्य सिपिएल नै रहने देखिन्छ । स्पिनरका रुपमा राशिद खानलाई मार्की खेलाडी नै बनाउनुले पनि ड्राफ्टमा सन्दीप छनोट हुने लगभग पक्का छ ।
