काठमाडौंका जुम्ल्याहा दजाु भाई बिकल्प र सँकल्प श्रेष्ठले सर्लाहीका जुम्ल्याहा दिदी बहिनीहरु काव्या र दिव्या श्रेष्ठसँग बिहे गरेपछि उनीहरुको यो बिवाह प्रसंगलाई अहिले सबैले रोचक ढँगले हेरिरहेका छन् । बिहे गरेको
भिडियो काव्याले आफ्नो टिकटकमा हालेपछि उनीहरु भाईरल जस्तै भए तर सँकल्प भने आफुहरुलाई भाईरल नभनिदिन आग्रह गर्दछन् । कलाकारितामा रहेका सँकल्प र म्युजिक भिडियो निर्देशक बिकल्पले कसरी
काव्या र दिव्याको साथ पाए त ? कथा निकै रोचक छ । वास्तवमा बिल्प र सँकल्प बिच दश मिनेटको जन्म फरक छ भने काव्या र दिव्या बिच पनि उस्तै समय फरक हो । काव्या दिदी हुन् तर उनले जुम्ल्याहा दाजु भाई
तर्फको भाईसँग बिहे गरिन् । यता बिकल्प दाई हुन् तर उनले बहिनीसँग बिहे गरे । यसरी उनीहरु बिच अहिले नाता लगाउने क्रममा निकै नै रमाईलो किस्सा पनि छ ।
फेसबुकमा काव्या र सँकल्पको कुराकानी हुन थालेपछि यो दुई जोडीको कथा सुरु भयो । काव्या र सँकल्प प्रेममा परे । उनीहरु दुवैलाई जुम्ल्याहा दाजु भाई दिदी बिनी हौं भन्ने बारेमा भने कुराकानी साटासाट भएन । सय
आएपछि त्यो पनि थाहा भयो । पछि दिव्याले र उनका दाईहरुले सुरुमा नचाहे पनि यो बिवाह कसरी भयो त ? बिवाहको समयमा पनि यि जोडीको रमाईलो प्रसंगहरु छन् । आउनुहोस, शिशिर भण्डारीले लिनु भएको यो जोडीसँगको रमाइलो कुराकानी हेर्नुस
