धेरै चुनौतिपूर्ण भाग रहेको दोहोरी च्याम्पियनको यो हप्ताको नतिजा बाहिरिएको छ बबिता बानिया जेरी र शंकर छेत्रीको टिम संग गायिका डिला बिक र गायक राजु केसी रहेका छन उनीहरु दुबैको टिम निकै बलियो देखियो अन्तिम सम्म कसले बाजी मार्ला भन्नेतिरै रहयो अन्तत निर्णायकहरुले बाबिता बानिया र शंकर बानियाको टिमलाइ ४ स्टार कम दिएको छ।
किन कम आयो जेरीको टिमलाइ स्टार ?
सुरु देखिनै दमदार दोहोरी जादै गर्दा थोरै कमजोरीको कारण जेरिको टिमलाइ केहि स्टार कम आएको छ तर उनीहरु अब भोटिङ्गमा प्रवेश भएको छन।जेरीको टिमलाइ जिताउने जिम्मा अब दर्शकको हातमा छ भने सोहि प्रकिया राजु केसीको टिममा पनि देखिएको छ।
अघिल्लो पटक दमदार जित गरेको यो टिमलाइ अब अगाडी बढाउने जिम्मा दर्शककै रहेको कारण पनि भोट आउनेमा जेरीको टिम आसबादी छ भने एता राजु केसीको टिमलाइ पनि अध्याधिक भोट चाहिने हुन्छ जसको लागि दर्शकनै अबको निर्णायक रहने छन।
दर्शकलाइ जिम्मा दिएको यो दुवै टिम मध्ये कुन टिम ले जित्ला भन्ने उतर अर्को हप्ताको दोहोरी च्याम्पियन कुर्न पर्ने हुन्छ।
त्यस्तै एता दोहोरी च्याम्पियनबाट बसन्त बिश्वकर्मा र पवित्रा सर्तुंङ्गे मगरको टिम पराजित भएको छ भने अश्मिता डिसी र जिबन सिग्देलको टिम टप ८मा प्रवेश भएको छ।
जेरिले यो पटक जित्लिन कि हार्लिन भन्ने चिन्ता दर्शकको मनमा छ।यो दुवै टिम फाइनल सम्म पुग्ने आसा दर्शकले गरेका थिए तर यो आजको प्रस्तुति पछि एउटा टिम बाहिरिने छ।
दोहोरी च्याम्पियनका कार्यक्रम प्रस्तोता बद्री पंगेनीका अनुसार दुवै टिम बलियो भएको कारण आजको भाग झन् चुनौतिपूर्ण रहेको बताएका छन भने आउट हुने आज आउट हुने र भित्रीने टिम को पनि चुनौती देखिएको बताएका थिए सोहि कारण पनि दर्शकले निर्णय गरिसकेका छन। हेरौ दोहोरी च्याम्पियनको यो भाग :
