शनिबार कैलालीमा मृत अवस्था फेला परेका अर्जुन दासको शव उठाइएको छ। जानकी गाउँपालिका–९ का २५ वर्षीय दासको शव परिवारले उठाएका हुन्। उनको शव अमरावति सामुदायिक वनमा फेला परेको थियो। प्रहरीले ह’ ‘त्याको आ’शंकामा एक जनालाई पक्राउ गरिसकेको छ।
उनको ज्या’न लि’ने अपराधीहरु अहिलेसम्म नसमातिएको बताउँदै प्रहरी प्रशासनलाई द’बा’ब दिन ललित परियारको संयोजकत्वमा संघर्ष समिति बनाइएको छ। समितिले ४ बुँदे माग राख्दै संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ। दासका परिवारले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गरेका छन्।
दासको ह’ ‘त्यापछि एउटा अडियो बाहिरिएको थियो। घटना दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि फोनमा भएको कुराकानीको आधारमा प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।
दास सामान्य आर्थिक अवस्था भएका व्यक्ति हुन्। उनको गाउँमा कसैसँग पनि दु’श्मनी थिएन। उनका बुवा, आमा र दाइ भारतमा रोजगारीका लागि बस्दै आएका छन्। घरमा उनका पत्नी, छोरी र भाउजू थिए। जंगलमा घाँस का’ट्न’ गएका महिलाले शव देखेर प्रहरीलाई खबर गरेपछि घटना बाहिर आएको हो।
घटनास्थलमा चाउचाउका खोस्टा र ट्याब्लेटसमेत फेला परेकाले सबै जना सहमतिमै जंगल पुगेको र वि’वा’द हुँदा यो घटना भएको हुन सक्ने अनुमान गरिएको छ। मृतकको घरबाट घटनास्थल डेढ किलोमिटरको दूरीमा छ।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरी भने प्रहरी प्रशासन कमजोर बनेकै कारण दिनहुँ जिल्लाको पूर्वी क्षेत्रमा अपराधका घटना बढिरहको बताउँछन्। उनले प्रहरी प्रशासनले सुरक्षाको प्रत्याभूति नदिलाउँदा यस्ता घटना दोहोरिन सक्ने भन्दै चिन्ता व्यक्त गरे।बाँकि तलको भिडियोमा हेर्नुहोस
