लता मंगेशकरको अन्तिम संस्कारअघि मुम्बईको शिवाजी पार्कमा प्रधानमन्त्री नरेन्द्र मोदी र मुख्यमन्त्री उद्धव ठाकरेबाहेक राजनीति र फिल्मका थुप्रै चर्चित अनुहार श्रद्धाञ्जली दिन पुगे । यीमधये एक थिए शाहरुख खान । तर उनका विषयमा ट्वीटरमा ठूलो विवाद निम्तिएको छ ।
क्या इसने थूका है ❓ pic.twitter.com/RZOa2NVM5I
— Arun Yadav 🇮🇳 (@BeingArun28) February 6, 2022
शाहरुख त्यहाँ आफ्नी सेक्रेटरी पूजा ददलानीसँग पुगेका थिए । एकातिर शाहरुखका हात प्रार्थनाका लागि खुल्ला थिए भने पूजा ददलानीले हात जोडेर लतालाई अन्तिम श्रद्धाञ्जलि दिइरहेकी थिइन् । त्यसपछि शाहरुख खानले मास्क हटाएर फुके ।
उनले फुकेको कुरालाई थुकको नाम दिएर शाहरुखलाई मानिसले ट्रोल गर्न थाले । यद्यपि, अर्को एउटा तप्काले उनको र पूजा ददलानीको तस्बिरलाई भारतको वास्तविक अनुहार भनेर तारिफ पनि गरिरहेका थिए ।
यो विवादमा थुप्रै चर्चित अनुहार पनि होमिए र शाहरुखको आलोचना गर्न थाले । शिवसेनाकी राज्यसभा सांसद प्रियंका चतुर्वेदीले ट्वीट गरिन्, ‘केही मानिस न दुआका काबिल छन् न दयाका, उनीहरुलाई दवा (औषधी) को आवश्यकता छ, मनको विष नष्ट गर्नका लागि ।
यस्तै, द वायरका संस्थापक वरिष्ठ पत्रकार सिद्धार्थ वरदराजनले लेखेका छन्, ‘यो घिनलाग्दो ट्वीट बिजेपीका एक अधिकारीको हो । यसमा अब कुनै शंका छैन कि समाजमा कस्ता मानिसले फोहोर विष फैलाइरहेका छन् । यदि अरुण यादव दुआसँग अनभिज्ञ छन् भन दवा गर्नुभन्दा अघि कसैलाई सोध्न सक्दथे ।
क्या इसने थूका है ❓ pic.twitter.com/RZOa2NVM5I
— Arun Yadav 🇮🇳 (@BeingArun28) February 6, 2022
जफर सुरेशवालाले लेखेका छन्, ‘केही धर्मात्मा मानिस भारतको एकताको यो सुन्दर दृश्यलाई पचाउन सकिरहेका छैन । साँच्चै नै लता मंगेशकर ती व्यक्ति थिइन् जसले मानिसलाई जिउँदो हुँदा एकताको सूत्रमा बाँधिन् र मरेपछि पनि यस्तो गर्न जारी राखिन् । शाहरुख खान पनि यसैमध्ये एक हुन् ।
