इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत एक भारतीय विद्यार्थीले आफ्नो कुकुरबिना युद्धले आक्रान्त बनेको युक्रेनबाट बाहिरिन अस्वीकार गरेका छन् । पूर्व युक्रेनस्थित खारकिब नेशनल युनिभर्सिटी अफ रेडियो इलेक्ट्रोनिक्स रिसब कौशिकले कुकुरलाई पनि आफूसँगै उद्धार गराउनका लागि विभिन्न कागजात मिलाइरहेको तर त्यहाँका अधिकारीले लगातार थप कागजातको माग गरिरहेको उनले बताए ।
‘उनीहरुले मेरो एयर टिकट मागिरहेका छन् । युक्रेनको एयरस्पेस बन्द भइरहेको अवस्थामा मसँग कसरी टिकट हुन्छ ?’ उनले भने ।
‘मेरो उडान फेब्रुअरी २७ तारिखमा थियो तर म यहाँ अड्किएको छु,’ उनले भने । भिडियो फ्रेममा आफ्नो कुकुरलाई देखाउँदै उनले मालिबु असाध्यै तनावमा भएको र निरन्तरको बम बिस्फोटका कारण सधैँ भरी रोइरहेको बताए ।
