काठमाडौँ । चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद प्रतियोगिताअघि नेपाली क्रिकेट टोलीका प्रभावशाली स्पिनर ललितनारायण राजवंशी घाइते भएका छन् । एसियाली खेलकुद सुरु हुन एक साताभन्दा पनि कब समय बाँकी रहँदा ललित घाइते भएका हुन् ।
राजवंशी घाइते भएपछि उनको आज शल्यक्रियाको तयारी गरिरहेको क्यानले पेजमा उल्लेख गरेको छ।
‘चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य ललित राजवंशी घाइते भएका छन्। घाइते भएर काँधको हड्डी(क्लोज्ड राइट क्याल्भिकल फ्याक्चर) भाँचिएकोले आज शल्यक्रिया गर्ने तयारी गरिएको छ।’, क्यानले फेसबुक पेजमा उल्लेख गरेको छ।
ललितले अब एसियाली खेलकुदमा सहभागिता जनाउन पाउने छैनन् । एसियाली खेलकुदमा नेपालले पुरुष क्रिकेटमा भाग लिएको छ । एसियाली खेलकुदमा पुरुष क्रिकेट प्रतियोगिता सेप्टेम्बर २७ देखी अक्टोबर ७ तारिखसम्म सञ्चालन हुनेछ ।
