मुद्धाको अन्तिम फैसला नभएर पेशी बारम्बार सरीरहदा क्रिकेटर सन्दिप लामिछाने मानसिक रुपमा विछिप्त भएका छन् ।
क्रिकेटर सन्दीप लामिछानेले एसियाली खेलकुद खेल्न नसक्ने बताएका छन् ।
सन्दीपविरुद्ध परेको बलात्कार मुद्दाको अन्तिम सुनुवाइ सरेपछि नेपाल क्रिकेट संघ (क्यान) ले लामिछानेलाई चीन पठाउन चाहेको थियो ।
तर उनले मानसिक रुपमा आफू प्रतियोगिता खेल्न तयार नरहेको बताएका छन् ।
‘मैले बोलाएर कुरा गरेको थिएँ, उसले मानसिक रुपमा तयार छैन भन्ने जानकारी गराएको छ’ क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले भने । उनका अनुसार सन्दीपको जवाफपछि सोमबारका लागि तय भएको टिकट समेत रद्ध भएको छ ।
‘अहिलेकै मनस्थितिमा मैले मैदानमा राम्रो प्रदर्शन गर्न सक्दिनँ,’ सन्दीपले भने, ‘मेरो करिअर र निजी जीवन नै अस्तव्यस्त भएको छ ।’ सन्दिप लामिछाने बताएका थिए ।
