भारतले दिएको २०३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ रनले पराजित भएको छ ।
चीनको हान्झाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग पराजित भएको हो ।
नेपालले ९ विकेट गुमाएर १७० रन मात्रै बनाएको थियो । नेपाली ब्याटरले उत्कृष्ट प्रदर्शन गरे पनि जित भने हात पार्न सकेनन् ।
टस जितेर ब्याटिङ गरेको भारतले यशस्वी जैसवालको शतक मद्दतमा निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रन बनाएको थियो ।
