एसीसी यू-१९ प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित दर्ता गराएको छ ।
मलेसियामा जारी खेलमा नेपालले आइतबार बहराईनलाई हराएसँगै नेपालले दोस्रो जित हाँसिल गरेको हो ।
नेपालले बहराइनलाई ७ विकेटले हराउँदै सहज जित हात पारेको हो ।
प्रिमियर कपमा एसियाका १६ एसोसिएट टोलीले प्रतिस्पर्धा गर्दैछन् । १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । शीर्ष ३ टोलीले आगामी डिसेम्बरमा पाकिस्तानमा हुने यू १९ एसिया कप खेल्न पाउनेछन् ।
नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २७४ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ ।
२ खेलबाट ४अंक जोड्रदै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ ।
