काठमाडौँ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले अपांगता भएकी खेलाडी लाली तामाङलाई आर्थिक सहयोग गरेको छ ।
अपांगता भएका ब्यक्तिहरुका लागी चिनमा हुन गईरहेको टेबल टेनिस प्रतियोगितामा भाग लिन गएकी तामाङलाई नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।
प्रतियोगितामा सहभागी हुन जाँदा केही मात्रामा भएपनि आर्थिक सहायता होस् भन्ने उदेश्यले जितको कामना सहित उनलाई नगरपालिकाको तर्फबाट १ लाख सहयोग गरिएको नगरप्रमुख बालकृष्ण बस्नेतले बताए ।
नगर प्रमुख बस्नेतले खेलाडीहरु राष्ट्रको गहना भएको भन्दै आफु नगर प्रमुख नहुँदा पनि खेल क्षेत्रको विकासका लागी भुमिका खेल्दै आएको बताए ।
