टी- २० विश्वकप एसिया छनोटमा अहिले नेपाल ओमानसँग खेलिरहेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।
नेपालले ओमानको पहिलो ओभरमै विकेट लियो ।
ओमानका ओपनर कश्यप प्रजापतिलाई करण के सीले पहिलो ओभरको पाँचौ बलमा विकेट पछाडि विकेटकिपर आसिफ शेखबाट ८ रनको व्यक्तिगत स्कोरमा आउट गरे ।
सोमपाल कामीले ओमानका अबिक इल्यासलाई चौथो ओभरको पहिलो बलमा २ रनमा बोल्ड गरे ।
नेपालका लागि तेस्रो विकेट गुल्सन झाले पाँचौ ओभरको अन्तिम बलमा लिए । उनले प्रतिक अथाभलेलाई २४ रनमा कप्तान रोहित पौडेलबाट क्याच गराए ।
छैटौं ओभरमा सोमपाल कामीले सोएब खानलाई शून्यमा बोल्ड गरे । यससँगै नेपालले पाँच बलको बीचमा दुई विकेट लिन सफल भयो।
नेपालका लागि पाँचौ र छैटौं विकेट सन्दीप लामिछानेले लिए । सन्दीपले १४औं ओभरको पहिलो र दोस्रो बलमा लगातार विकेट लिएका थिए । सन्दीपले आयान खानलाई १८ रनमा बोल्ड गर्दा मोहरान खानलाई शून्यमा एलबिडब्लूको धरापमा पारे ।
