मुलपानी मैदानमा टस जितेर पहिले ब्याटिङ गरिरहेको युएईले दुई विकेट गुमाएको छ। युएईका दुवै ओनपर आउट भएका छ्न।चौथो ओभरको पहिलो बलमा सोमपाल कामीले युएईका खालिदलाई ३ रनमा रनआउट गरेका छन्।
कामीले खतरनाक अन्दाजमा खेलिरहेका माेहम्मद वासिमकाे विकेट झारेका हुन् । खालिद साह रनआउट भए । याे समाचार तयार पार्दासम्म चार ओभरकाे खेल सकिँदा यूएईले २ विकेट गुमाएर ३० रन बनाएकाे छ ।
यो खेल नेपालका लागि महत्त्वपूर्ण छ। किनकि नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर छ।
नेपाल र युएईबीच टी–२० मा अहिलेसम्म ८ खेल भएका छन्। आठमध्ये नेपाल र युएईले चार चार खेलमा जित निकालेका छन्। अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुवै खेल जितेको थियो।
