काठमाडौ । दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा पिठ्युमा भारी बोकेका १४ खच्चर झण्डै चार घण्टा छट्पटाइरहे । वरीपरी फोटो भिडियो खिच्ने जमात देखियो । तर खच्चरको उद्दारमा कोही खटिएनन् बरु सबै रमिता हेरिरहे ।
प्रहरीको टोली समेत चार घण्टासम्म घटना स्थलमा पुगेन् । केहीबेर अघि मात्रै प्रहरीको टोली घटना स्थलमा पुगेको छ ।
पुलमा अडेकिएका चार खच्चरको बल्ल अहिले उद्दार गरीएकाृे राइट संचारलाई खबर प्राप्त भएको छ ।
अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न आउँदै गरेका खच्चरहरु झोलुङ्गे पुलको लठ्ठा चुँडिदा खच्चर पुलमै अडकिएका हुन् ।
अडकिएका १४ वटा खच्चरको अझै उद्धार हुन सकेको छैन्
