काठमाडौं । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजमा नेपाल १ रनले पाकिस्तान शाहिन्ससँग पराजित हुँदै बाहिरिएको छ। पाकिस्तान शाहिन्स टस जितेर ब्याटिङ रोजेर आफ्नो राम्रो प्रर्दशन देखाउदै २० ओभरमा ९ विकेट गुमाएर १४५ रनको लक्ष्य दिएको थियो ।
नेपालले बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्दै सोमपाल कामीले ३, नन्दन यादव र दिपेन्द्र सिंह ऐरीले २–२, कुशल भुर्तेलले १ विकेट लिए भने ऐरीले एक रनआउट पनि गरेका थिए ।
तर, लक्ष्य पछ्याउने क्रममा नेपाल ७ विकेट गुमाउँदै १४३ रन मात्र बनाउन सक्यो। कप्तान रोहित पौडेलले ५२ रन, दिपेन्द्र सिंह ऐरीले ४१ रन र आशिफ शेख २७ रनको योगदान दिए तर नेपाल १ रनले हार्न पुग्यो।
