बालकोटमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको घरमा आगजनी र तोडफोड भएपछि आज हामी घटनास्थल पुग्यौँ। घरभित्र पस्ने अवस्था थिएन, चारैतिर लथालिङ्ग थियो। फुटेका भाँडाकुँडा, पोखिएका चिउरा र बदाम छरपस्ट थिए। एउटा मात्र दूधको प्याकेट देखिन्थ्यो। आगलागीले ध्वस्त भएको घर हेर्न सयौँ मानिसहरूको भीड जम्मा भएको थियो।
