सिंगो देश एउटै लयमा रोइरहेको र एउटै शक्ति बनेर उठ्न खोजिरहेको बेला संसदमा जम्मा ७ सिट बोकेर बसेको हर्क सामपाङको पार्टी मात्रै यस्तो कलंकित पात्रको रुपमा दर्ज भएको छ, जसले भोटेकोशीको बाढी र त्यसमा बगेका नागरिकको लासमाथि राजनीतिक रोटी सेकाउने घिनलाग्दो दाउ खोजिरहेको छ
काठमाडौं । देश रोइरहेको बेला, नागरिकहरु भोटेकोशीको धमिलो बाढीमा आफ्ना आफन्तको सास र लास खोजिरहेको बेला हर्क सामपाङ र उनका कार्यकर्ताहरु आफ्नो राजनीतिको रोटी सेक्नमै व्यस्त छन् । उनि र उनका अराजक समर्थक लासमाथि टेकेर सामाजिक सञ्जालमा अफवाह फैलाउन, सरकारको काममा भाँजो हाल्न र सस्तो लोकप्रियताको भद्दा नाटक मञ्चन गर्नमै तल्लीन छन् ।
एउटा निर्वाचित जनप्रतिनिधि, अझ भनौं संघीय संसदको सदस्यको भूमिका यस्तो विपद्को बेलामा के हुन्छ ? के सांसदको काम सामाजिक सञ्जालमा बसेर अनावाश्यक भ्रम छर्ने, नागरिकमा निराशा बाँड्ने र राज्यको संयन्त्रलाई कमजोर देखाएर आफू हिरो पल्टिने मात्र हो ? हर्क सामपाङको पछिल्लो हर्कत हेर्दा उनी सांसद कम र भ्युज भोको ‘कन्टेन्ट क्रिएटर’ बढी जस्ता देखिएका छन् । राज्य संयन्त्र आफ्नो सम्पूर्ण शक्ति लगाएर विपद् व्यवस्थापनमा खटिरहेको बेला सरकारलाई साथ र सहयोग गर्नुको साटो उनले उल्टै अफवाहको खेती गरिरहेका छन् । भोटेकोशीको बाढीले सिर्जना गरेको दर्दनाक अवस्थामा मल्हम लगाउन छाडेर उनी स्याङ्जा पुगेर पार्टी प्रवेश कार्यक्रमको रमिता देखाइरहेका छन् । नागरिक आपतमा पर्दा उद्धारमा खटिनुपर्ने नेता, विपद् प्रभावित क्षेत्रको यथार्थ वस्तुस्थितीको जानकारी दिनुको साटो स्याङ्जाबाट टुच्च–टुच्च अफवाह ओकल्दै भर्चुअल दुनियाँमा रमाउनु जस्तो अमानवीय र पाखण्डी चरित्र अरु के हुन सक्छ ?
सस्तो लोकरिज्याईको नसामा चुर्लुम्म डुबेका हर्क र उनको दलले सरकार एक्लैले उद्धार गर्न सक्दैन भन्दै आफ्ना कार्यकर्तालाई बाढी प्रभावित क्षेत्रमा पठाए भ्रम फैलाए। तर, वास्तविकता कति लज्जास्पद छ भने, उद्धारका लागि भन्दै गएको १०–१५ जनाको टोलीले त्यहाँ सिन्कोसम्म भाँचेन । उनीहरु एउटा डाँडोमा भेला भए, मोबाइलको क्यामेरा अन गरे र सरकारको विरोध गर्दै भिडियो बनाउन थाले । हर्क सामपाङको पार्टीकी नेतृ पिन्सा राईले बिहीबार सामाजिक सञ्जालमा राखेको भिडियोले उनीहरुको असली अनुहार छताछुल्ल पारेको छ । विपद् क्षेत्रमा उद्धार गर्न गएका मानिस सुटबुट र चिटिक्क परेको पहिरनमा सजिएर एउटा डाँडोमा उभिन्छन् र त्यहाँबाट सरकारको उछितो काड्छन् । डाँडोबाट कुर्लिदै भनिरहेका छन्, “सरकारले लास उठाएन, लास गनाइसक्यो !“
यहाँनेर उब्जिने सबैभन्दा पेचिलो प्रश्न के हो भने, यदि सरकारले काम गर्न सकेन भनेरै उनीहरु त्यहाँ गएका थिए, भने त्यो लास उठाउने काम उनीहरुले गर्नुपर्दैन ? उद्धारको नाममा डाँडामा गएर टिकटक र फेसबुकका लागि भ्युज बटुल्ने हर्कवादीहरुलाई विपद्मा आफ्नो भूमिका के हो भन्ने सामान्य ज्ञानसम्म पनि छैन र ?
लास गन्हाएको भनेर डाँडाबाट कुर्लने सुटबुटधारी नेताहरुलाई स्थलगत रुपमै गएर त्यो लासको सम्मानजनक व्यवस्थापन गर्न कसले रोकेको थियो ? के विपद्को समयमा डाँडोमा उभिएर क्यामेरा अगाडि सरकारलाई गाली गर्नु, चर्को भाषण छाँट्नु र भर्चुअल ताली खानुबाहेक हर्कवादको स्कुलिङमा अरु केही सिकाइएको छैन ? यो त सरासर विपद्मा परेका नागरिकमाथिको भद्दा मजाक हो । उद्धारको नाटक गरेर, नागरिकको चित्कारलाई आफ्नो राजनीतिको भ¥याङ बनाउने यस्तो निन्दनीय कार्यले हर्क सामपाङ र उनको दलको वैचारिक टाटपल्टाइलाई मात्रै प्रमाणित गर्दैन, उनीहरु भित्रको चरम अमानवीयतालाई पनि नङ्ग्याइदिएको छ ।
अझ गम्भीर र आपत्तिजनक विषय त आर्थिक पारदर्शिता र राज्यको नियम कानुनको ठाडो उल्लंघनमा जोडिएको छ । विपत्तिमा परेका नागरिकको राहत र उद्धारलाई एकद्वार प्रणालीबाट प्रभावकारी बनाउन सरकारले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ स्थापना गरेको छ । सरकारले उक्त कोषबाहेक अन्यत्र कुनै पनि बहानामा राहत रकम संकलन गर्न मनाही गरेको छ । तर, विधिको शासनलाई आफ्नो जुत्ताको परिधिको विषय ठान्ने हर्क सामपाङ र उनको पार्टीले यो सरकारी निर्देशनलाई ठाडै लत्याउँदै छुट्टै आर्थिक संकलन अभियान’ चलाइरहेको छ । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले त खुलमखुल्ला आफूहरुको अभियानमा रकम जम्मा गर्न सर्वसाधारणलाई आग्रह नै गरेका छन् । के हर्क र उनको पार्टीलाई देशको कानुन र सरकारको निर्देशन नमान्ने विशेष छुट छ ? कि उनीहरु आफूलाई राज्यभन्दा माथिको कुनै अलौकिक प्राणी सम्झन्छन् ? यदी त्यसो हो भने त्यस्ता नाथे अलौकिक शैलीलाई बेलैमा रोक्न ढिला गर्नु हुँदैन् ।
विगतमा पनि विभिन्न अभियानको नाममा देश–विदेशबाट उठाइएको करोडौं रुपैयाँको स्पष्ट र पारदर्शी हिसाबकिताब नदिएको भन्दै हर्कमाथि गम्भीर आरोपहरु लाग्दै आएका छन् । पुराना हिसाब चुक्ता गर्न नसकेर नैतिक संकटमा परेका व्यक्तिले फेरि यस्तो भयानक विपद्को मौका छोपेर कुन मुखले क्युआर अभियान चलाउन सकेका हुन् ? मानव भइसकेपछि, अझ आफूलाई समाज सुधारक र वैकल्पिक राजनीतिको मसिहा ठान्नेहरुमा आपत–विपद्मा विशुद्ध सहयोगको मनोभाव जागृत हुनुपर्ने हो । उद्धार र राहतमा स्वार्थरहित ढंगले खटिनुपर्ने हो । तर, हर्क सामपाङ यस्ता पात्र निस्किए, जसको नसामा मानवताको रगत होइन, सामाजिक सञ्जालको लाइक र सेयरको भोक दौडिरहेको छ । उनीसँग संवेदना छैन, छ त केवल चटक देखाएर सस्तो लोकप्रियता कमाउने र विपद्लाई पनि चन्दा असुलीको धन्दा बनाउने कुत्सित मनसाय ।
यो संकटपूर्ण घडीमा देशको राजनीतिक वृत्तलाई हेर्ने हो भने पनि हर्क सामपाङको दल कति एक्लिएको र नाङ्गिएको छ भन्ने प्रष्ट हुन्छ । संसदको दोस्रो ठूलो र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत आफ्ना राजनीतिक आग्रह–पूर्वाग्रहलाई थाती राखेर सरकारले गरिरहेको उद्धार कार्यको तिव्रता र शैलीको प्रशंसा गरिरहेको छ । नेकपा एमालेले “हामी सरकारको साथमा छौं“ भन्दै निरन्तर हौसला र आडभरोसा दिइरहेको छ । नेकपाका अध्यक्ष प्रचण्ड उत्तिकै चिन्तित छन् । अझ व्यवस्थाकै विरुद्धमा रहेको भनिने राजसंस्थावादी दल राप्रपाले समेत यतिबेला राजनीति छाडेर सरकारको विपद् व्यवस्थापनमा ऐक्यबद्धता जनाउँदै सहयोग गरिरहेको छ । सिंगो देश एउटै लयमा रोइरहेको र एउटै शक्ति बनेर उठ्न खोजिरहेको बेला संसदमा जम्मा ७ सिट बोकेर बसेको हर्क सामपाङको पार्टी मात्रै यस्तो कलंकित पात्रको रुपमा दर्ज भएको छ, जसले भोटेकोशीको बाढी र त्यसमा बगेका नागरिकको लासमाथि राजनीतिक रोटी सेकाउने घिनलाग्दो दाउ खोजिरहेको छ । सरकार र सत्तारुढ दलसँग मदभेद होलान् । त्यसको आफ्नै परिधी र समय होला । विपत्तिमा सरकारको विरोध बाहेक अरु केही नजानेका हर्कबाद बोकेकाहरुलाई किन जहिल्यै सोह् दुना आठ भइरहेको छ ?
जनताले नयाँ र केही फरक गर्लान् भनेर आशा गरेका, पुराना दलहरुको विकल्प बन्छौं भनेका हर्क सामपाङ आज आफैं कुन स्तरको गिरेको राजनीति गर्दैछन् भन्ने कुरा यो घटनाले प्रमाणित गरेको छ । विपद्को बेला जनतालाई नआत्तिन आग्रह गर्नुपर्ने, सरकारलाई सहयोग गर्नुपर्ने र भ्रम नफैलाउन सचेत गराउनुपर्ने जनप्रतिनिधि आफैं अफवाहको मेसिन बनेर निस्किएका छन् । ‘माटो’ चुनाव चिन्ह लिएर राजनीतिमा उदाएको भनिएको यो हर्कवादवाला पार्टीको नेतृत्वको कार्यशैली, सुटबुटको चटक र प्रस्तुति हेर्दा यिनीहरुको नैतिकता पहिल्यै माटोमै मिसिइसकेको प्रष्ट हुन्छ । चौतर्फी आलोचना हुँदा, राष्ट्रिय शोकमा राजनीति नगर भन्दा पनि हर्क र उनका अन्धभक्तहरुको चेत खुलेको छैन । आपत–विपद्मा देखिएको हर्क सामपाङ र उनको दलका कार्यकर्ताहरुको यो पाखण्डी हर्कत र अफवाहको व्यापारले के संकेत गर्छ भने— माटोबाट उठेको भनिएको यो फिस्टे दलको अस्तित्व माटोमै बिलाउने पो होकी भन्ने चिन्ता लाग्न थालेको छ ।
देश यतिबेला इतिहासकै एउटा कहालीलाग्दो र त्रासदीपूर्ण संकटको घडीबाट गुज्रिरहेको छ । भोटेकोशी नदीमा आएको अकल्पनीय र विनाशकारी बाढीले सयौं निर्दोष नागरिकको ज्यान लिलिसकेको छ भने हजारौंको संख्यामा नागरिकहरु अझै बेपत्ता छन् । बस्तीहरु खण्डहरमा परिणत भएका छन्, नागरिकको उठिबास लागेको छ र चारैतिर चित्कार, रोदन र आँसुको भेल बगिरहेको छ । यस्तो राष्ट्रिय शोक र विपत्तिको समयमा सिंगो देश एकढिक्का भएर नागरिकको उद्धार, राहत र पुनरुत्थानमा लाग्नुपर्ने हो । मानवीय संवेदनाको न्यूनतम कसी पनि यही हो । तर, विडम्बना ! यही देशमा यस्ता केही राजनीतिक पात्रहरु पनि छन्, जसलाई नागरिकको
